1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

हेडलाइन

118 प्रकाशित समाचार · नयाँ समाचार पहिले

यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी हेडलाइन
२०८३ आश्विन २५· वान समाचार

यसरी आयो बुढीगण्डकीमा लेदोसहितको भीषण बाढी

बाढीले बुढीगण्डकी जलविद्युत आयोजनाको क्याम्पसहित एउटा पूरै गाउँ बगाएको छ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई पालिकाबीचको आवागमन अवरुद्ध भएको छ भने गोरखासँगको सम्पर्कसमेत टुटेको छ ।

समाचार पढ्नुहोस् →
विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ? हेडलाइन
२०८३ आश्विन २४· वान समाचार

विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?

विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।

समाचार पढ्नुहोस् →
कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित हेडलाइन
२०८३ आश्विन २४· वान समाचार

कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्दै पार्टीको नेतृत्व आफ्नो हातमा लिएका हुन्।

समाचार पढ्नुहोस् →
तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ? हेडलाइन
२०८३ आश्विन २३· वान समाचार

तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?

रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।

समाचार पढ्नुहोस् →
चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य हेडलाइन
२०८३ आश्विन २३· वान समाचार

चिनियाँ नागरिकसँगै किन दोहोरिन्छ सुन तस्करीको कनेक्सन ? चीन–नेपाल–भारतसम्म फैलिएको नेटवर्कको तथ्य

नेपालको भौगोलिक अवस्थाले पनि यस्तो नेटवर्कका लागि चुनौती र अवसर दुवै सिर्जना गर्छ । उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतसँग जोडिएको नेपाल अन्तरदेशीय आवागमनको बीचमा पर्छ । विगतमा तातोपानी नाका हुँदै तिब्बततर्फबाट सुन नेपाल भित्र्याएर भारततर्फ लैजाने घटनाहरू सार्वजनिक भएका छन् ।

समाचार पढ्नुहोस् →
सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण हेडलाइन
२०८३ आश्विन २२· वान समाचार

सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण

मतपत्र छपाइ तथा अन्य प्राविधिक तयारीमा ढिलाइ भएपछि बिहान ७ बजेदेखि गर्ने भनिएको मतदान पटक–पटक सारेर पनि बिहीबार हुन सकेन। केन्द्रीय निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने जनाएको छ।

समाचार पढ्नुहोस् →