1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित

२७०पाठक संख्या
०वास्तविक शेयर
२६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा सडक भासिने र पहिरो खस्ने क्रम बढेपछि यातायात आवागमन प्रभावित

पहिरो र सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात प्रभावित

चितवन, १० असोज । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा सडक भासिने र पहिरो खस्ने क्रम बढेपछि यातायात आवागमन प्रभावित भएको छ।

चितवनतर्फको मुग्लिन–मौवाखोला सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। यता, धादिङतर्फको सडकखण्ड भने अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक थप भासिएपछि उक्त क्षेत्रमा साना सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। लगातारको वर्षाका कारण सडक थप क्षतिग्रस्त हुँदै गएपछि यहाँबाट यात्रा गर्नु जोखिमपूर्ण बनेको छ।

यसैगरी, इच्छाकामना–५ मुग्लिननजिकै सिमलधारामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पहिरोबाट निरन्तर ढुंगा खसिरहेका कारण सडकमा जम्मा भएको माटो तथा ढुंगा हटाउनसमेत कठिनाइ भइरहेको छ। 

सडक भासिने र पहिरो खस्ने क्रम नरोकिएकाले पृथ्वी राजमार्गमा सवारी सञ्चालन चुनौतीपूर्ण बनेको छ। सम्बन्धित निकायले सडकको अवस्थालाई निरन्तर निगरानी गर्दै जोखिमको अवस्था हेरेर सावधानीपूर्वक यातायात सञ्चालन गरिरहेको जनाएको छ।

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।