काठमाडौं, १२ असोज । हुँकार मधेसको केन्द्रीय अभियानको बैठकले ‘समग्र थरुहट–मधेस जोड्ने अभियान’ अन्तर्गत संगठनको महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। अभियानले मेची–महाकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियान सम्पन्न गरेपश्चात थप सांगठनिक संरचना निर्माण सहित नेतृत्व चयन गर्नेछ ।
अभियानले तोकेको योग्यता र मापदण्डका आधारमा संयोजक लगायत अन्य केन्द्रीय संरचना नबन्दासम्मका लागि अभियानको तर्फबाट समन्वय, सहज र सम्पर्क गर्ने मुख्य जिम्मेवारी गर्न संविधानसभा सदस्य राम कुमार शर्मालाई सुम्पिएको छ। उनलाई अभियानको सहजकर्ताको रूपमा सर्वसम्मत रूपमा चयन गरिएको हो। यसैगरी, अभियानको आधिकारिक धारणा, गतिविधि तथा सूचनाहरू सञ्चारमाध्यम र जनतामाझ सही रूपमा सम्प्रेषण गर्ने उद्देश्यले केशव झालाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको छ।
अभियानले छिट्टै नै आफ्ना मुख्य पद तथा विभागीय जिम्मेवारीहरू समेत तोकेर सार्वजनिक गर्ने जानकारी दिएको छ। समाजमा सकारात्मक सोच राख्ने, अन्यायमा परेका, राजनीतिक रूपमा प्रयोग गरिएर उपेक्षित गरिएका र राजनीतिक पीडित सम्पूर्ण न्यायप्रेमी जनतालाई यस अभियानमा सहृदयताका साथ जोडिन समेत आह्वान गरिएको छ।










दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन