काठमाडौं, १६ असोज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ । यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
मन्त्रालयले प्रतियोगितालाई भव्य, सभ्य, व्यवस्थित र सफल बनाउन प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई योजनाबद्ध रूपमा तयारी तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ ।
खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित तथा अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने मन्त्रालयले जनाएको छ ।










दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन