जनकपुरधाम : धनुषाको कमला नगरपालिका–४ बाट २१ वर्षीया तबसुम खातुन मण्डल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कमला नगरपालिका–४ मा सम्पन्न वडा अधिवेशनबाट तबसुम क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन्।
उनी कमला नगरपालिका–४ की नेपाली कांग्रेसकी क्रियाशील सदस्य हुन्। कम उमेरमै पार्टीको क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएपछि उनले पार्टी संगठनमा युवाको सहभागितालाई थप बल पुग्ने बताएकी छन्।
तबसुमले युवाहरूलाई पार्टी संगठनमा सक्रिय रूपमा सहभागी गराउँदै आगामी दिनमा पार्टीलाई थप सुदृढ बनाउन आफूले भूमिका निर्वाह गर्ने बताइन्।
कांग्रेसको महाधिवेशनअन्तर्गत वडा तहमा अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। वडा अधिवेशनबाट चयन भएका प्रतिनिधिहरूले क्रमशः माथिल्ला तहका अधिवेशनमा सहभागी हुनेछन्।



रास्वपाद्धारा सांसदको स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
धरहराभन्दा धेरैं अग्लो एउटा सम्झना : पीएल दाई
हिम्लुङ हिमालमा पहिरो, दर्जनभन्दा बढी बेपत्ता भएको आशंका
कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन