कलैया, १० असोज । बिरगंज-हेटौंडा सडकखण्ड अन्तर्गत बाराको तीन नम्बर पुल नजिक शुक्रबार राती ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका-१ का ३५ वर्षीय योगेन्द्रबहादुर मगर रहेका छन् ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको ना६ख ३६४४ नम्बरको ट्रकले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते स्कुटर चालकलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएपनी चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
प्रहरीले ठक्कर दिने ट्रकसहित चालक जीतपुरसिमरा उपमहानगरपालिका-२१ का ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ । खड्कालाई इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ ।









प्रकृति, कृषि र श्रमको सम्मान गर्ने पर्व गोवर्धन पूजा आज, गोरु र हलीदेखि बलि राजासम्मको आराधना
हिन्दूविरोधी साम्प्रदायिक आधार खडा गर्ने रास्वपा सांसद आसिका तामाङलाई कारवाही गर्न विकेश साहको माग
प्रेम सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्कै हत्या ! तिहारको रात मोरङमा यस्तो भयो दर्दनाक घटना
उत्पादन घटे पनि लक्ष्मीपूजामा विद्युत् निर्यात : आत्मनिर्भरताको बाटोमा नेपाल, जलविद्युत् क्षेत्रको सम्भावना अझै ठूलो
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन