काठमाडौं, २३ असोज । आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्द आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।
काठमाडौंको अनामनगरमा आज बसेको उपत्यका विशेष कमिटीको बैठकले फुल मोहम्द मन्सुर इन्चार्च र मोहम्मद आरिफ शाह अध्यक्ष रहने गरी कमिटी गठन भएको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् ।
कमिटीको उपाध्यक्षमा ओसी अख्तर मन्सुर, समिम आलम मन्सुर, खैरुल्लाह मन्सुर बडे मिया, सचिवमा सैदन खातुन, अबुलैस मन्सुर, इलियास अन्सारी र कोषाध्यक्षमा इस्लामुल खातुन रहेका छन् ।
यसैगरी कमिटीको सदस्यहरुमा जैरुलह मन्सुरी, तबरेज मन्सुरी, इस्लामुल खातुन सानो, अहमद अन्सारी, ताहिर मन्सुरी, जुल्फिकार मन्सुरी, तवारख मन्सुरी, नूर आलम मन्सुरी, इन्ताज मन्सुरी, मनान मन्सुरी, मोहम्मद आलम, अफसर शाह, अस्ताफ देवान, अमिर मन्सुरी, मजरे आलम मन्सुरी लगायतका रहेका छन् ।
आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा बसेको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, महासचिव त्रिभुवन साह, प्रवक्ता सुभाष साह लगायतका विशेष सहभागिता रहेको थियो ।










दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन