काठमाडौं, २७ असोज । बहुजन एकता पार्टी नेपाल प्रथम राष्ट्रिय महाधिवेशनबाट हरिनन्दन अम्बेडकर निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । महाधिवेशनले अध्यक्षसहित पार्टीका विभिन्न पदाधिकारी सर्वसम्मत चयन गर्दै नयाँ नेतृत्व गठन गरेको हो ।
महाधिवेशनबाट धनुषाका भोगेन्द्र मिश्र वरिष्ठ नेतामा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रिङ्गला थारू, महासचिवमा राम प्रगास मोची र सुर्जा महरा, सहमहासचिवमा यशोदा तिमिल्सिना, कोषाध्यक्षमा जितेन्द्र राम, सचिवमा पिंकी साह र सुजित कुमार महरा चयन भएका छन् ।
त्यसैगरी सहसचिवमा जग्रनाथ चौधरी तथा प्रवक्तामा अधिवक्ता नन्दन महरा र शिवनारायण आजाद सर्वसम्मत निर्वाचित भएका छन् ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनले बहुजन समुदायको राजनीतिक प्रतिनिधित्व, अधिकार, सामाजिक न्याय र समानताको मुद्दालाई प्राथमिकतामा राख्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष अम्बेडकरको नेतृत्वमा पार्टीले आगामी दिनमा संगठन विस्तारसँगै बहुजन समुदायका राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका विषयलाई थप प्रभावकारी ढंगले उठाउने अपेक्षा गरिएको छ । महाधिवेशनबाट नेतृत्व चयनसँगै पार्टीले देशभर संगठन विस्तार र राजनीतिक गतिविधिलाई तीव्रता दिने तयारीसमेत गरेको बताइएको छ ।
यस्तो छ नयाँ नेतृत्व
अध्यक्ष : हरिनन्दन अम्बेडकर
वरिष्ठ नेता : भोगेन्द्र मिश्र
उपाध्यक्ष : रिङ्गला थारू
महासचिव : राम प्रगास मोची, सुर्जा महरा
सहमहासचिव : यशोदा तिमिल्सिना
कोषाध्यक्ष : जितेन्द्र राम
सचिव : पिंकी साह, सुजित कुमार महरा
सहसचिव : जग्रनाथ चौधरी
प्रवक्ता : अधिवक्ता नन्दन महरा र शिवनारायण आजाद
यससँगै प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाका लागि नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ । अध्यक्षमा अम्बेडकर निर्विरोध चयन हुनुलाई पार्टीभित्र नेतृत्व चयनमा सहमति र एकताको सन्देशका रूपमा समेत हेरिएको छ ।
बहुजन एकता पार्टी नेपालले आफ्नो राजनीतिक गतिविधिलाई देशका विभिन्न भूगोल र समुदायसम्म विस्तार गर्दै बहुजन समुदायको राजनीतिक सहभागिता तथा प्रतिनिधित्व बढाउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउँदै आगामी राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेको छ ।









दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन