काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन्। पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच भिडन्त हुनेछ।
आज मैदान उत्रिन लागेका चारै टोलीहरू जित हासिल गर्दै अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने दाउमा रहेका छन्। विदेशी तथा राष्ट्रिय टोलीका स्टार खेलाडीहरूले भरिएका यी टोलीहरूबीचको भिडन्तलाई लिएर दर्शकहरूमाझ ठूलो उत्साह देखिएको छ।
यसअघि आयोजना गरिएका संस्करणहरूमा यी टोलीहरूबीच निकै प्रतिस्पर्धात्मक खेलहरू भएका थिए। अघिल्ला भिडन्तहरूमा टोलीहरूको रणनीतिक प्रदर्शन र नतिजाले आजको खेललाई थप रोमाञ्चक बनाउने अनुमान गरिएको छ। अघिल्लो संस्करणका गल्तीहरूलाई सुधार्दै टोलीहरू नयाँ रणनीतिसहित मैदान प्रवेश गर्ने तयारीमा छन्।
कीर्तिपुर मैदानमा पहिलाे खेल बिहान साढे १२ बजे शुरू हुनेछ भने दाेस्राे खेल साँझ साढे ४ बजे शुरू हुनेछ, जसले आज दिनभर नेपाली क्रिकेट पारखीहरूलाई रोमाञ्चित बनाउने निश्चित छ।










दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन