1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति, ‘हुलाकी यात्रा’को तयारी तीव्र

७८०पाठक संख्या
५वास्तविक शेयर
८२एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

हुंकार मधेशले २५ जिल्लामा तोक्यो सम्पर्क व्यक्ति, ‘हुलाकी यात्रा’को तयारी तीव्र

काठमाडौं, ९ कात्तिक । नवघोषित राजनीतिक तथा सामाजिक अभियान ‘हुंकार मधेश’ले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ। संगठनको केन्द्रीय सचिवालय बैठकले सोमबार विभिन्न जिल्लाका लागि सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको हो।

आगामी मंसिरको पहिलो सातादेखि सुरु गर्ने तयारी गरिएको ‘हुंकार हुलाकी यात्रा’लाई लक्षित गर्दै संगठनले जिल्ला तहमा सम्पर्क, समन्वय र अभियान विस्तारलाई तीव्रता दिएको जनाएको छ। यात्राको तयारीका लागि विभिन्न जिल्लामा अभियानकेन्द्रित बैठकहरू भइरहेका छन्।

गत असोज ९ गते औपचारिक घोषणा भएको हुंकार मधेशले यसअघि केन्द्रीय सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुखहरूको जिम्मेवारी सार्वजनिक गरिसकेको छ। पछिल्लो निर्णयसँगै संगठनले जिल्लास्तरमा आफ्नो संरचना विस्तार र आगामी अभियानको तयारीलाई अघि बढाएको अभियानका प्रवक्ता केशव कुमार झाले जनाएका छन्। 

२५ जिल्लाका सम्पर्क व्यक्तिको नामावली

हुंकार मधेशले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार जिल्लागत सम्पर्क व्यक्तिहरूको नामावली यसप्रकार छः

| क्र.सं. | जिल्ला    |  सम्पर्क व्यक्ति      

|       १ | झापा      | हिरा महतो (विकास)    

|       २ | मोरङ      | हिरालाल मण्डल        

|       ३ | सुनसरी    | रामनारायण मेहता      

|       ४ | उदयपुर    | प्रकाश काफ्ले        

|       ५ | सप्तरी    | शैशव राजु            

|       ६ | सिरहा     | सरोज यादव            

|       ७ | धनुषा     | श्याम चौधरी          

|       ८ | महोत्तरी  | राजकुमार महतो        

|       ९ | सर्लाही   | ब्रजेन्द्र शर्मा     

|      १० | रौतहट     | राहुल झा             

|      ११ | बारा      | डा. आर.के. कश्यप     

|      १२ | पर्सा     | अनिरुद्ध प्रसाद सिंह 

|      १३ | मकवानपुर  | सरोज धानुक           

|      १४ | चितवन     | हेमन्त कुमार         

|      १५ | नवलपरासी  | ईश्वर चौधरी          

|      १६ | रुपन्देही | राम रक्षा मौर्य      

|      १७ | कपिलवस्तु | दीपेन्द्र कुमार सिंह 

|      १८ | दाङ       | भगवान चिराग          

|      १९ | बाँके     | खुब्बु श्रीवास्तव    

|      २० | बर्दिया   | आदर्श शुक्ला         

|      २१ | कैलाली    | वीरबहादुर बडायक      

|      २२ | कञ्चनपुर  | दयाराम चौधरी         

|      २३ | काठमाडौं  | विमलेश मानव          

|      २४ | ललितपुर   | प्रकृति दुलाल        

|      २५ | भक्तपुर   | बालकृष्ण अवतार       

‘हुंकार हुलाकी यात्रा’को तयारी

हुंकार मधेशले आगामी मंसिरको पहिलो सातादेखि ‘हुंकार हुलाकी यात्रा’ सुरु गर्ने तयारी गरेको छ। यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न जिल्लामा बैठक, छलफल तथा अभियानको तयारीसम्बन्धी गतिविधि सञ्चालन भइरहेका छन्।

जिल्ला सम्पर्क व्यक्तिहरूले आ–आफ्नो क्षेत्रमा संगठन र केन्द्रीय नेतृत्वबीच समन्वय गर्न तथा अभियानसम्बन्धी गतिविधिलाई अघि बढाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। झापादेखि कञ्चनपुरसम्मको क्षेत्रलाई समेट्ने गरी अघि बढाइने हुलाकी यात्रामार्फत जनसम्पर्क विस्तार र मधेशका मुद्दालाई उठाउने संगठनको तयारी रहेको छ। 

संगठन विस्तारमा केन्द्रित हुंकार मधेश

औपचारिक घोषणा भएको करिब एक महिनाको अवधिमा हुंकार मधेशले केन्द्रीय संरचनाअन्तर्गत सहजकर्ता, प्रवक्ता र २१ विभागीय प्रमुखहरूको जिम्मेवारी निर्धारण गरेको छ। अब जिल्ला सम्पर्क व्यक्तिहरू तोकेर संगठनले आफ्नो गतिविधिलाई स्थानीय तहसम्म विस्तार गर्ने तयारी गरेको छ।

हुंकार मधेशले सनातन, संघीयता, सामाजिक न्याय, सुशासन र समृद्धिलाई आफ्नो अभियानका प्रमुख विषयका रूपमा अघि सारेको छ। आगामी हुलाकी यात्रामार्फत यी विषयमा जनतासँग संवाद गर्ने तथा संगठनको अभियानलाई जिल्लास्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

विज्ञप्ति तथा आधिकारिक कागजात

विज्ञप्ति तथा आधिकारिक कागजात
वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।