1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

जब प्रभु साहले सार्वजनिक रुपमा एआईसंग मौलापुरको विकासको बारेमा कुरा गरे ...

६००पाठक संख्या
१०वास्तविक शेयर
६९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

जब प्रभु साहले सार्वजनिक रुपमा एआईसंग मौलापुरको विकासको बारेमा कुरा गरे ...

वीरगञ्ज, ८ कात्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कृत्रिम बुद्धिमत्ता (एआई)सँग गरेको सार्वजनिक संवादले प्रविधिको बढ्दो महत्त्वबारे चर्चा सिर्जना गरेको छ।

वीरगन्जमा बसेको आजपा मधेस प्रदेश कमिटीको बैठकसँग सम्बन्धित भिडियोमा अध्यक्ष साह एआईसँग प्रश्नोत्तर गर्दै देखिएका छन्। यस घटनाले राजनीतिमा प्रविधिको प्रयोग, स्थानीय विकासमा नवीनतम प्रविधिको सम्भावना र जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउने विषयलाई पनि बहसमा ल्याएको छ।

भिडियोमा साहले एआईसँग रौतहटको मौलापुरमा भएको विभिन्न विकास कार्यक्रमका साथै महत्त्वपूर्ण योजनाको बारेमा संवाद गरेको देखिन्छ ।

साहको एआईसँगको सार्वजनिक संवादलाई नयाँ प्रविधिप्रति राजनीतिक नेतृत्वको चासोका रूपमा हेर्न सकिन्छ। भिडियोमा साहले मौलापुरले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा के कस्तो काम गरेको छ, बजेटको बारेमा कुराकानी गरेका छन् । 

मौलापुरमा रीना साहका शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम

रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहको नेतृत्वमा शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, पूर्वाधार विकास र विपन्न समुदायको आवासलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन्। 

शिक्षा क्षेत्रमा नगरपालिकाले ४० प्रतिशतभन्दा बढी बजेट हरेक बर्ष बिनियोजन गरेर सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार, कक्षाकोठा निर्माण, विद्यार्थीलाई आवश्यक फर्निचरको व्यवस्था तथा गुणस्तरीय शिक्षामा जोड दिएको छ । 

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन विस्तार, छात्रालाई साइकल वितरण र प्राविधिक शिक्षामा पहुँच बढाउने कार्यक्रम पनि नगरपालिकाका प्रमुख पहलमध्ये पर्छन्। 

स्वास्थ्य क्षेत्रमा ‘नगर डाक्टर’ कार्यक्रममार्फत चिकित्सकीय सेवा विस्तार गर्ने तथा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहल गरिएको छ । नगरपालिकाले स्वास्थ्य संस्थाको सेवा व्यवस्थित गर्ने र नागरिकलाई उपचारमा सहज पहुँच पुर्‍याउने लक्ष्यसहित कार्यक्रम अघि बढाएको जनाएको छ। 

‘छोरीसँग मेयर’ : महिला सशक्तीकरणमा जोड

मौलापुर नगरपालिकाको चर्चित कार्यक्रममध्ये ‘छोरीसँग मेयर’ अर्थात् ‘बेटीके साथ मेयर’ कार्यक्रम पनि एक हो । छोरीको विवाहका अवसरमा नगरपालिकाले प्रतिव्यक्ति ३० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसलाई छोरीप्रतिको सकारात्मक सामाजिक दृष्टिकोण विकास र परिवारलाई आर्थिक सहयोग गरेर मौलापुरले अभिभावकीय भुमिका निर्वाह गर्दै आएको छ । 

त्यस्तै, सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण, छात्राका लागि प्राविधिक शिक्षामा पहुँच विस्तार तथा महिनावारी स्वच्छतासम्बन्धी सामग्री वितरणजस्ता कार्यक्रम पनि महिला तथा किशोरीको शिक्षा र सशक्तीकरणसँग सम्बन्धित पहलका रूपमा सार्वजनिक भएका छन्। 

यी कार्यक्रमको दीर्घकालीन प्रभाव मूल्याङ्कन गर्दा विद्यालयमा छात्राको निरन्तरता, प्राविधिक शिक्षामा सहभागिता, सामाजिक सोचमा आएको परिवर्तन र लाभग्राहीले पाएको वास्तविक सुविधाको बिषय चर्चा हुनेगरेको छ । 

शून्य कर नीति, निःशुल्क पानी र बिजुली

मौलापुर नगरपालिकाले ‘शून्य कर’ नीतिसँगै ‘निःशुल्क बिजुली’ र ‘निःशुल्क पानी’ कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। 

यसैगरी, रोजगारी तथा सीप विकासका लागि ‘हर हातमे हुनर’ कार्यक्रम, साक्षरता अभियान, धुवाँमुक्त अभियान र ‘कच्ची सडक मुक्त नगर’ अभियानलाई पनि मौलापुरका प्रमुख कार्यक्रम हुन । 

 नगरपालिकाले विपन्न तथा भूमिहीन परिवारका लागि एकीकृत नमुना दलित बस्ती निर्माण र झोपडीमुक्त नगर बनाउने लक्ष्यसहित आवाससम्बन्धी योजनासमेत अघि बढाएको छ। 

पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नति, ढल निकास, सहरीकरण र सार्वजनिक संरचनाको विकासमा काम भइरहेका छन् ।  मौलापुरको ऐतिहासिक महादेव मन्दिर क्षेत्र र अन्य नगर गौरवका आयोजनालाई विकास योजनासँग जोडिएको छ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।