काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानपछि प्रमुख पदाधिकारीको परिणाम सार्वजनिक भइसकेको छ भने विभिन्न समूहअन्तर्गतका केन्द्रीय सदस्यको मतगणना जारी छ। निर्वाचन समितिले बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेर मतगणनालाई तीव्रता दिएको जनाएको छ।
सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका थिए। कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको थियो।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्।
खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्। भण्डारीले ३ हजार ७३५, आचार्यले २ हजार ३४२ र चौधरीले १ हजार ७४५ मत पाएका छन्।
महामन्त्रीतर्फ खुलाबाट प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिलातर्फ डिला संग्रौला निर्वाचित भएका छन्। पौडेलले ४ हजार १९४, राणाले २ हजार ३३० र संग्रौलाले ३ हजार ११८ मत प्राप्त गरेका छन्।
सहमहामन्त्रीको नतिजा पनि आउन थाल्यो
सहमहामन्त्रीतर्फ भने विभिन्न समूहको मतगणना क्रमशः सकिँदै गएको छ। पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही ३ हजार ९०६ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गरेका छन्।
त्यस्तै, महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। उनले ५ हजार ११६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नानुमैया बास्तोलाले १ हजार ५५४ मत पाइन्।
खुला सहमहामन्त्रीतर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। खतिवडाले २ हजार ९१९ र शिवाकोटीले २ हजार १७२ मत प्राप्त गरेका छन्।
कुन–कुन पदको मतगणना जारी ?
अब कांग्रेस महाधिवेशनको मुख्य ध्यान केन्द्रीय सदस्यतर्फको मतगणनामा केन्द्रित भएको छ। निर्वाचन समितिका अनुसार खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको हो। यसअघि विभिन्न समावेशी समूहका केन्द्रीय सदस्यको मतगणना भइरहेको थियो।
हाल आदिवासी जनजाति, महिला, पिछडिएको क्षेत्र, सुदूरपश्चिम प्रदेश, ३५ वर्षमुनिका युवा तथा खुला केन्द्रीय सदस्यलगायत विभिन्न समूहको मतगणना भइरहेको छ। आदिवासी जनजातितर्फ १२ केन्द्रीय सदस्य पदका लागि पनि मतगणना जारी छ।
खुला महिला केन्द्रीय सदस्यतर्फ १५ पदका लागि भएको निर्वाचनको मतगणना पनि जारी छ। मंगलबार सार्वजनिक पछिल्लो विवरणअनुसार ४ हजार ५९१ मत गणना हुँदा वासना थापा अग्रस्थानमा रहेकी छन्।
त्यस्तै, ३५ वर्षमुनिका खुला युवा केन्द्रीय सदस्यतर्फ सात पदका लागि मतगणना भइरहेको छ। २ हजार १० मत गणना हुँदा सचिन तिमल्सेना ९२९ मतसहित अग्रस्थानमा थिए।
बुधबारसम्म सबै परिणाम आउने तयारी
मतगणनालाई छिटो सम्पन्न गर्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ। मंगलबार २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना भइरहेको र बाँकी समूहको गणना पनि सुरु गर्ने तयारी गरिएको छ।
निर्वाचन समितिका अनुसार बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ। त्यसो भए कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको पूर्ण तस्वीर बुधबारसम्म स्पष्ट हुनेछ।
यसपटक कांग्रेसको विधान संशोधनपछि केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ। त्यसअनुसार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समावेशी समूह र भूगोलबाट केन्द्रीय सदस्य चयन हुँदैछन्।










दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन