काठमाडौं,१० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो खेलमा साविक विजेता लुम्बिनीले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १७ ओभरमा ८७ रनमै अलआउट गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाउँदै लक्ष्य पूरा गरेको छ ।

लुम्बिनीका लागि सर्टले ४० र आरिफ शेखले ३२ रनको योगदान गरे । श्रीलंकन खेलाडी डिकेवालाले सात रन बनाए । मंगलबार दुई खेल आयोजना हुनेछन् । पहिलो खेलमा १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो ५ बजे हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछन् ।
















दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन