1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

४०८पाठक संख्या
९वास्तविक शेयर
४८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

कलैया, १५ कात्तिक । मधेशी दल तथा पुराना नेताहरूले जनताको विश्वास गुमाउँदै गएको भन्दै मधेशको राजनीतिक नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्नेमा मधेशका नागरिक अगुवा, राजनीतिकर्मी तथा सामाजिक अभियन्ताहरूले जोड दिएका छन्।

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

बाराको कलैयास्थित करण राज प्यालेसमा सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘मधेश अबको बाटो’ तथा ‘मधेश आन्दोलनको समीक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले मधेशको राजनीतिक भविष्यका लागि नयाँ सोच, नयाँ नेतृत्व र नयाँ शक्तिको आवश्यकता औँल्याएका हुन्।

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

सामाजिक अभियन्ता सञ्जय यादवको नेतृत्वमा आयोजित कार्यक्रममा मधेश आन्दोलनको इतिहास, त्यसबाट प्राप्त उपलब्धि, वर्तमान चुनौती तथा आगामी दिनमा मधेशले लिनुपर्ने राजनीतिक र सामाजिक बाटोबारे गम्भीर छलफल भएको थियो।

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

कार्यक्रममा नागरिक अगुवा उमेशलाल दासले मधेशका जनताको अपेक्षा र आन्दोलनका एजेण्डा वर्तमान सरकारले पूरा गर्न नसके मधेशी युवाहरूले कसैको मुख नताकी आफैँ नेतृत्व लिनुपर्ने बताए। मधेशको अधिकार र पहिचानका लागि अब युवाहरू अग्रसर हुनुपर्ने उनको भनाइ थियो।

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

त्यस्तै, मधेश प्रदेशका पूर्वसांसद विक्की यादवले मधेशको विकल्प मधेश नै भएको उल्लेख गर्दै ओली सरकार र बालेन सरकारबाट मधेशले पाउने उपलब्धिका दृष्टिले कुनै तात्विक भिन्नता नरहेको धारणा राखे। उनले मधेशी राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको भन्दै युवाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

सामाजिक अभियन्ता तथा अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि मुलुकको राजनीतिमा परिवर्तन आएको र पुराना दल तथा नेतृत्वप्रतिको विश्वसनीयता कमजोर हुँदै गएको बताए। मधेशका माग पूरा गराउन युवाहरूले सरकारमाथि संगठित दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

उनले माग सम्बोधन नभए मधेशको नेतृत्व नयाँ पुस्ताका युवाहरूले संगठित रूपमा लिनुपर्ने बताउँदै मधेशी राजनीतिलाई पुनर्जीवित, पुनर्गठित र पुनःपरिभाषित गर्न युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए।

अभियन्ता ओमप्रकाश चौधरीले मधेशलाई आधार क्षेत्र बनाउँदै आएको नेपाली कांग्रेसको महाधिवेशनमा समेत मधेशी, जनजाति तथा दलित समुदायका व्यक्तिहरूले खुला प्रतिस्पर्धामा चुनाव लड्ने र जित्ने साहस गर्न नसकेको टिप्पणी गरे। उनले मधेशको राजनीति मधेशी जनताले नै गर्नुपर्ने भन्दै पुराना नेताहरूको विकल्पमा नयाँ अनुहारलाई प्रोत्साहन गर्नुपर्ने बताए।

स्थानीय महिला नेतृ हिरमति कुशवाहाले मधेशमा स्वच्छ छवि भएका र जनताप्रति उत्तरदायी नेताहरूको आवश्यकता रहेको उल्लेख गर्दै युवाहरू राजनीतिमा अगाडि आउनुपर्ने बताइन्।

सामाजिक अभियन्ता सौरभ चौगाईंले मधेशमा जनसंख्याको ठूलो हिस्सा रहे पनि गुणस्तरीय शैक्षिक तथा स्वास्थ्य पूर्वाधारको अभाव रहेकोप्रति चिन्ता व्यक्त गरे। मधेशले ठूलो संख्यामा शिक्षक, डाक्टर र इन्जिनियर उत्पादन गरे पनि प्रदेशमा गुणस्तरीय विद्यालय, मेडिकल कलेज तथा इन्जिनियरिङ कलेजको अभाव रहनु विडम्बनापूर्ण भएको उनको भनाइ थियो।

उनले नयाँ पुस्ताले मधेशको नेतृत्व लिँदै सामाजिक न्याय, सुशासन र विकासलाई आगामी राजनीतिको मुख्य एजेण्डा बनाउनुपर्ने बताए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले मधेश आन्दोलनका क्रममा सयौँले सहादत दिए पनि सहिदहरूको सपना अझै पूरा हुन नसकेको धारणा राखे। वर्तमान सरकारले समेत मधेश आन्दोलनको जगमा स्थापित संघीयतालाई कमजोर बनाउने प्रयास गरिरहेको भन्दै उनीहरूले मधेशी जनतालाई सचेत र संगठित रहन आग्रह गरे।

राजेश पटेल, सनी जयसवाल, अधिवक्ता प्रेम चौधरी, रामचन्द्र यौधरी, प्रभु पटेल, राधिका न्यौपाने, श्याम गुप्ता र जगत कुशवाहालगायत दर्जनौँ वक्ताहरूले मधेश आन्दोलनका उपलब्धि संरक्षण गर्न नयाँ राजनीतिक चेतना र नेतृत्व आवश्यक रहेको धारणा राखेका थिए।

अन्तरक्रियामा भारतसँगको रोटीबेटी सम्बन्ध तथा सीमावर्ती जनजीवनका समस्यासमेत उठाइएको थियो। सीमावर्ती क्षेत्रबाट सामान्य खाद्यान्नसमेत ल्याउँदा सर्वसाधारणले दुःख र सास्ती भोग्नुपरेको भन्दै वक्ताहरूले राज्यका विभिन्न प्रतिबन्धले सीमावर्ती जनताको दैनिक जीवन प्रभावित भएको बताएका थिए।

त्यसैगरी मधेश आन्दोलनका सहिदहरूले राज्यबाट अपेक्षाअनुसार सम्मान र कदर पाउन नसकेको तथा मधेश सरकारसमेत सहिदहरूको बलिदानको सम्मान र मधेशी जनताको अपेक्षा पूरा गर्न असफल भएको भन्दै वक्ताहरूले आलोचना गरेका थिए। मधेशी दल तथा तिनका नेतृत्वप्रति जनताको भरोसा कमजोर हुँदै गएको अवस्थामा नयाँ पुस्ताले संगठित भएर राजनीतिक नेतृत्व लिनुपर्ने उनीहरूको निष्कर्ष थियो।

शहीद हिफाजत मियाँ अन्सारीकी श्रीमती शोभा राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद परिवारका आमा, बुवा तथा अन्य सदस्यहरूलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा मधेशका कलाकारहरूले सांस्कृतिक प्रस्तुतिमार्फत मधेश आन्दोलनका विभिन्न झाँकी प्रदर्शन गरेका थिए। आन्दोलनको इतिहास र सहिदहरूको बलिदान स्मरण गर्दै सम्पन्न अन्तरक्रियाले मधेशको आगामी राजनीतिक दिशा, नेतृत्व परिवर्तन र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई थप अघि बढाएको आयोजकले जनाएको छ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।