1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो : मनिष मिश्र

२४८पाठक संख्या
५वास्तविक शेयर
२८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो : मनिष मिश्र

काठमाडौं,१५ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य मनिष कुमार मिश्रले प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार भएको बताएका छन्। उनले कानुनी बाटो हुँदाहुँदै बल प्रयोग, धरपकड, गाडी तर्साउने तथा धाकधम्की दिने कार्यले नागरिकको आवाज दबाउन नसक्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले बारम्बार हुने गैरकानुनी धरपकड र धम्कीपूर्ण गतिविधिप्रति आपत्ति जनाएका हुन्।

उनले केही समयका लागि यस्ता गतिविधिबाट खुसी मनाउन सकिए पनि अन्ततः त्यसको परिणाम राम्रो नहुने टिप्पणी गरेका छन्।

'प्रेस स्वतन्त्रतामाथिको हनन लोकतन्त्रमाथिको प्रहार हो' भन्दै उनले कानुनी राज्यको उपहास हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

मिश्रले गैरकानुनी धरपकड तत्काल बन्द गर्न माग गर्दै प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।