काठमाडौं, २७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसंग सम्बन्धित अर्को अडियो सार्वजनिक भएको छ । जनआस्था साप्ताहिकको अनलाइन संस्करणले रास्वपा सांसद सुनारले एक महिलाको नाँगो तस्बिर खिचेर मोटो रकमको मागसहित धम्कीपूर्ण र अश्लील गाली गरेको फोन टेप सार्वजनिक भएको हो । दोस्रो फोन टेप सार्वजनिक भएपछि राजनीतिक र सामाजिक वृत्तमा नयाँ तरंग फैलिएको छ ।
पहिलो फोन टेप सार्वनिक भएपछि उनी आबद्ध राजनीतिक दल रास्वपाले सार्वजनिक कार्यक्रममा सहभागी हुन सुनारलाई रोक लगाएको छ ।
सुनारले आफ्नी प्रेमिका बागमती प्रदेशकी पूर्वमन्त्रीलाई ‘मारेर रगत पिउने’ भन्दै धम्की दिएको अडियो जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । त्यसपछि आज (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्धका प्रचार कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको प्रयोग गरेर बनाइएको बताएका थिए ।
रास्वपा सांसद सुनारले आज एक भिडियो सार्वजनिक गर्दै भनेका थिए, ‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन् । एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’
लगतै जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले रास्वपा सांसद् खगेन्द्र सुनारसँग सम्बन्धित विवादित अडियो कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्माण गरिएको भन्ने आरोपप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका थिए ।
सांसद् सुनारले ढिलो गरी मंगलबार उक्त अडियो एआईबाट निर्माण गरिएको आरोप लगाएपछि श्रेष्ठले फेसबुकमार्फत जवाफ फर्काएका थिए । श्रेष्ठले आफ्नो पोस्टमा ‘काल्पनिक पात्र’को समेत चरित्रहत्या गर्न सकिने, मुख्यमन्त्रीले व्यक्तिगत सुरक्षा अधिकृतमार्फत गराएको भनिएको दोहोरो प्रमाणीकरणसम्बन्धी प्रतिक्रियाबारे कृत्रिम बुद्धिमत्ता मौन रहने र छवटा बैंकका ४८० पृष्ठका विवरणसमेत तयार पार्न सक्ने भन्दै व्यङ्ग्य गरेका छन् ।
उनले लेखेका छन्, ‘अनि काल्पनिक पात्रको समेत चरित्रहत्या गर्न मिल्ने रहेछ रु मुख्यमन्त्रीले पिएसओबाट गराएको क्रस भेरिफिकेसनसम्बन्धी प्रतिक्रियाबारे त झन् एआईले केही बोल्दै नबोल्ने रहेछ ।’
त्यसलगत्तै जनआस्थाले यो एआई नै हो त माननीयज्यू ? शीर्षकमा अर्का एक अडियोसमेत सार्वजनिक गरेको हो ।










दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन