1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्ने

१२४पाठक संख्या
३वास्तविक शेयर
१४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्ने

काठमाडौं, २१ असोज । नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ।

सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएसँगै संस्थानले सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गर्नेछ। सम्झौताअनुसार वार्षिक रूपमा ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति हुनेछ।

दूधसँगै डीडीसीले सेनालाई ठूलो परिमाणमा अन्य दुग्धजन्य पदार्थसमेत उपलब्ध गराउनेछ। दैनिक ३६५ किलो दही आपूर्ति गर्ने सम्झौता भएको छ। यसअनुसार वार्षिक एक लाख ३३ हजार ५२२ किलो दही सेनाले डीडीसीबाट खरिद गर्नेछ।

त्यस्तै, दैनिक ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गर्ने सम्झौता भएको छ। वार्षिक रूपमा १३ हजार २४० किलो पनिर, सात हजार ४४१ किलो होल मिल्क पाउडर र पाँच हजार २७८ किलो चिज आपूर्ति गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौता पत्रमा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै सेनाका ३२ जिल्लास्थित ब्यारेकमा आवश्यक दूध तथा दुग्धजन्य पदार्थको नियमित आपूर्ति डीडीसीमार्फत हुने भएको छ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९८ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।