1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट

७२पाठक संख्या
१वास्तविक शेयर
७एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट

काठमाडौं, २१ असोज । खराब मौसमका कारण सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट गरिएको छ ।

‎सिमरा विमानस्थलबाट काठमाडौंका लागि बुधबार बिहान १०:३० बजे बुद्ध एयरको U4 554 उडान थियो। काठमाडौंको आकाशमा पुगेपछि विमान करिब ३० मिनेट आकाशमै होल्ड भयो।

‎काठमाडौं विमानस्थलमा पानी परिरहेको तथा खराब मौसमका कारण अवतरणमा समस्या भएपछि विमानलाई जनकपुर विमानस्थलतर्फ डाइभर्ट गरिएको छ। ‎विमान करिब १२:३० बजे जनकपुर विमानस्थलमा अवतरण गरेको हो। 

‎विमानका कर्मचारीबाट प्राप्त जानकारीअनुसार मौसम तथा विमानस्थलको अवस्था अनुकूल भएमा करिब ३० मिनेटपछि जनकपुरबाट पुन: काठमाडौंका लागि उडान हुने बताइएकाे छ। काठमाडाैं उपत्यकामा बुधबार बिहानदेखि भिजिविलिटीकाे समस्या देखिएकाे छ । साेही कारण आन्तरिक उडान केही प्रभावित बनेका छन् ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९८ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।