
दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
आज साँझ घर, आँगन, पसल, कार्यालय तथा व्यापारिक प्रतिष्ठानहरू सफा गरी दीप, मैनबत्ती र विभिन्न विद्युतीय बत्तीले झिलिमिली पारिन्छ। घरको मूलढोकादेखि पूजाकोठासम्म लक्ष्मीको स्वागतका लागि रङ्गोली, फूलमाला तथा चामलको पिठोबाट बनाइएका पदचिह्न सजाइन्छन्। साँझपख विधिपूर्वक माता लक्ष्मी र गणेशको पूजा गरी धनधान्य, सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ।

















