1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

चेक अनादर मुद्दामा कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध आज अदालतमा सुनुवाइ

३०८पाठक संख्या
०वास्तविक शेयर
२९एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

चेक अनादर मुद्दामा कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध आज अदालतमा सुनुवाइ

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कान्छाराम तामाङविरुद्ध दायर चेक अनादरसम्बन्धी मुद्दामा आज जिल्ला अदालत लमजुङमा सुनुवाइ हुने भएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेता तामाङसहित दुई जनाविरुद्ध व्यावसायिक कारोबारका क्रममा भुक्तानी गर्नुपर्ने रकम नदिएको र पर्याप्त मौज्दात नभएको बैंक चेक दिएको आरोपमा मुद्दा दायर भएको हो।

कान्छाराम नाना जेभीका प्रोप्राइटरसमेत रहेका तामाङविरुद्ध लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर रेवन श्रेष्ठको तर्फबाट अदालतमा मुद्दा दर्ता भएको बताइएको छ।

पीडित पक्षका अनुसार व्यावसायिक कारोबारका क्रममा भुक्तानी गर्नुपर्ने रकम पटक–पटक ताकेता गर्दा पनि तामाङले भुक्तानी गरेका छैनन्। रकम भुक्तानी गर्ने भन्दै आश्वासन दिए पनि अन्ततः खातामा पर्याप्त मौज्दात नभएको चेक दिएर झुक्याएको आरोप पीडित पक्षले लगाएको छ।

आफूले पाउनुपर्ने रकम नपाएपछि कानुनी उपचारका लागि अदालत पुगेको पीडित पक्षले तामाङसहित संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न र तिर्नुपर्ने बिगो रकम असुलउपर गराउन माग गरेको छ।

सोही मुद्दामा जिल्ला अदालत लमजुङले आजका लागि सुनुवाइको पेसी तोकेको हो।

तामाङ विभिन्न कम्पनीमार्फत ठेक्का लिने तर काम सम्पन्न नगर्ने विषयमा समेत विवादमा पर्दै आएका छन्। उनका केही कम्पनी कालोसूचीमा समेत परिसकेको बताइएको छ।

अदालतमा मुद्दा दायर हुँदैमा आरोप प्रमाणित भएको मानिँदैन। मुद्दाको अन्तिम निरूपण अदालतबाट हुने कानुनी प्रक्रिया हो। 

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 २४८ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।