हेटौंडा, २६ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त माइक्रोबस बिहान करिब ६ः१० बजे दुर्घटनामा परेको हो। सशस्त्र प्रहरीका अनुसार दुर्घटनाका बेला माइक्रोबसमा चालकसहित १५ जना सवार थिए। तीमध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्।
प्रारम्भिक विवरणअनुसार माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। अत्यन्तै भिरालो र अप्ठ्यारो भूगोलमा गाडी खसेका कारण उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको थियो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार टोली खटिएको थियो। तीनवटै सुरक्षा निकायको संयुक्त टोलीले घटनास्थलमा उद्धार तथा राहत कार्य सञ्चालन गरेको जनाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १५ जना सवार रहेकामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको छ।
दुर्घटनामा परेको माइक्रोबसको नम्बर मधेस प्रदेश ०३–००१ ज ०८–८८० रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। यद्यपि मृतक तथा घाइतेहरूको विस्तृत पहिचान, उनीहरूको ठेगाना र दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
काठमाडौँबाट सर्लाहीतर्फ जाने क्रममा भएको यस दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्याएको छ। सडकबाट सयौँ मिटर तल गाडी खस्दा भएको दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
दुर्घटनाको कारण र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेकाले प्राप्त विवरण प्रारम्भिक रहेको प्रहरीले जनाएको छ।











संघीय सरकारको बेवास्तापछि हुलाकी सडक मर्मतमा जुट्यो मौलापुर नगरपालिका, सांसद पटेलमाथि प्रश्न
दाजुभाइ र दिदीबहिनीको प्रेम, विश्वास र आत्मीयताको पर्व भाइटिका आज : यमराज र यमुनाको पौराणिक कथादेखि सामाजिक सद्भावसम्म
प्रकृति, कृषि र श्रमको सम्मान गर्ने पर्व गोवर्धन पूजा आज, गोरु र हलीदेखि बलि राजासम्मको आराधना
हिन्दूविरोधी साम्प्रदायिक आधार खडा गर्ने रास्वपा सांसद आसिका तामाङलाई कारवाही गर्न विकेश साहको माग
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन