लेख / बिचार · २०८३ आश्विन १७प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान…
तर…। भोटेकोशी बाढीको मुखमा परेर तिमी विलय हुँदा तिम्रा लागि हामी रोएको तिमीले सुनेनौ । तिमीलाई बाढीले कति हिर्कायो, लुछ्यो, कति दुख्यो होला । कसरी सास त्याग्यौ होला ? तिम्रो त्यो पीडालाई कल्पना गर्न पनि सक्दैनौँ । तिमीलाई त सास त्यागेपछि पीडा सकियो होला, मेरा लागि यो पीडा जीवनभर सकिने छैन ।