२०३५\०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रहका क्रममा युवा विद्यार्थी र राजनीतिक कर्मीहरूको सकृयता निकै वढेको थियो । त्यस वेला दलहरूले वहुदलीय व्यवस्थाको पक्षमा संचालन गरेको अभियान र व्यापक प्रचारले जनताको चेतना स्तर निक्कै माथी उठिसकेको थियो । गाऊगाऊमा राजनितीक दलहरूको संगठन पनी तुलनात्मक रूपले वलिया हुदै गएका थिए । राजनितिक दल भीत्र र वाहीर समेत संगठित हुदै गएका थिए । विशेष गरी नेपाल कम्युनिष्ट पार्टी माले भूमिगत रूपमा निकै सकृय भईरहेको थियो । नेकपा मार्क्सवादी, पुष्पलाल समुह, मानन्धर समुह सहित अरू पनि केही वामपन्थी समुह हरू कृयाशिल थिए । नेका सहित अन्य लोकतान्त्रीक शक्ति हरू समेत सतहमा थिए ।
२०३७ सालको जनमत संग्रहबाट राजाले कथित सुधार सहित को पंचायती व्यवस्थालाई विजयी घोषणा गराए । यसले देश भरिका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरू थोरैपनि निरास भएनन । पंचायतलाई जिताए पछिको दोश्रो आम निर्वाचनमा तत्कालीन नेकपा मालेले पनी जनपक्षिय अभियानकै रूपमा सहभागी हुने निर्णय गर्यो । त्यसै सिलसिलामा पार्टीले वारा जील्लामा पनि जनपक्षिय उम्मेदवारहरू खडा गरी व्यापक जनमत श्रृजना गर्ने फैसला गरेको थियो ।
२०४३ साल वैशाखको पंचायती आम निर्वाचनमा वारा जील्ला वाट पार्टीका नेता कमरेड सलीम मीया अंसारीलाई उम्मेदवार वनाउने निर्णय भयो । तत्कालीन नेपाल राष्ट्रिय शिक्षक संगठन का अध्यक्ष एवम मुस्लीम समुदायका प्रतिनिधी सलीम मास्टर लाई नेकपा एमालेले जनपक्षिय उम्मेदवार बनायो । यसले वारा जील्लाको राजनितीमा नयाँ तरंग ल्याउनुको साथै परिवर्तनका वाहक युवाहरूमा आशा जगायो । वाराको वौध्दीक जमातलाई सोच्न वाद्य वनायो र त्यही निर्वाचनले सलीम अंसारीलाई समेत मास्टर सलीमवाट नेता सलीम वनायो ।
वारा जील्लामा ००८ साल देखी नै नेकपाको पकड थियो । त्यती वेला देखी वारा अखील नेपाल किसान संघले संचालन गरेको किसान आन्दोलनको केन्द्र थियो । २०११ सालको किसान आन्दोलनको रणभूमी वाराको गढहलमा किसान नेता कमरेड मुखलाल महतोले वलिदान गरेका थिए । त्यस वेला क्रान्तीकारी किसान आन्दोलनले ठुलो दमन खप्नुपरेको थियो । सयौ किसान नेताहरू पक्राउ परेर थुनीएका थिए । कयौलाई झुट्टा मुद्दा वोक्न वाद्य वनाईएको थियो । व्यापक दमन गिरफतारीको कारण आन्दोलनले धक्का खाएर उठ्न मात्र लागेको अवस्थामा २०१५ सालमा आम चुनाव घोषणा भयो । त्यो चुनावमा नेकपाले वाराका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको थियो । पार्टीको तर्फवाट पार्टी नेता कमरेड मधु सिह र किसान नेता कमरेड हरिहर यादव उम्मेदवार हुनुहुन्थ्यो । दुवै क्षेत्रमा नेकपा राम्रो जन समर्थन सहित दोश्रो भएको थियो ।
यसपछि २०३८ सालको जनमत संग्रहमा वारा जील्लाले वहुदलको पक्षमा व्यापक अभियान चलाएको थियो । यो अभियानमा जील्लाका प्राय सवै प्रजातान्त्रिक राजनितीक दलहरू कृयाशिल थिए । दलहरूको अथक प्रयासका वावजुद वहुदललाई जिताउने सफलता हात लागेन । वहुदलीय व्यवस्थाका पक्षधरहरू पराजित भए । २०४३ सालको राष्ट्रीय पंचायतको निर्वाचनमा पनि नेकपा माले समर्थीत जनपक्षिय उम्मेदवार कमरेड सलीम अंसारीले पक्षमा २७००० भन्दा वढि मत परेको थियो । यो निर्वाचनमा हामी जित्ने योजना सहित सहभागी भएका थियौ । जनमत पनि जनपक्षिय अभियानको पक्षमा उर्लेकै थियो । अन्तीम चरणमा आएर पंचायती षडयन्त्र ले जनपक्षिय उम्मेदवारको विजयलाई रोक्न विभिन्न चलखेल र धाँधली गर्यो । सरकारी उम्मेदवारहरूलाई विजयी वनाउन जालझेल गरे । फेरी पनी उक्त निर्वाचनमा जनपक्षिय हस्तक्षेप भने व्यापक, शसक्त तथा प्रभावकारी भएकोमा दुई मत छैन ।
जनपक्षिय निर्वाचन अभियान २०४३ रियलमा हाम्रो पहिलो निर्वाचन अभियान थियो । हाम्रा कुनैपनी अभियन्ता चुनावी अभियानका अनुभवी र पोख्त थिएनन । हाम्रा अभियन्ता हरू प्राय सवै नव युवा तथा शिक्षण सहित विभिन्न पेशामा संलग्न वौध्दीक व्यक्तीहरू थिए । हाम्रो प्रस्तुती र उपस्थीती शसक्त थियो । हामी प्रभावकारी ढंगले कृयाशिल थियौ । हामी संग ठुलो उत्साह जागर थियो । असिम ऑट र दृढ विश्वास थियो । हामी संग केवल अनुभव थिएन । जील्लाको समग्र जनपक्षिय अभियानको योजना भूमिगत पार्टीले नै बनाउथ्यो । त्यसलाई कारवाहीमा ल्याउन जनपक्षिय प्रचार संयन्त्रको व्यवस्था गरीएको थियो । संयन्त्रको नेतृत्व स्वयम् सलीम अंसारीले गरेका थिए । मैले संयन्त्रको सचिवको भूमिका निभाउने अवसर पाएको थिए । कमरेड छविलाल उप्रेती , कृष्ण दहाल, विजेन्द्र चौधरी, रामविलास चौरसिया, नन्दीकेश्वर नेउपाने, अच्युत मैनाली, अशेश्वर कुर्मी, उदयराज पाण्डे, आशाकाजी श्रेष्ठ लगायतका साथीहरू निरन्तर यस अभियानमा सरिक रहनुभयो ।
छिमेकी जील्ला पर्सामा उम्मेदवार नभएकोले नागेन्द्र चौधरी, रौतहटका रामकुमार भट्टराई सहितका अरूपनी साथीहरू अभियानमा सामेल हुनुहुन्थ्यो । यसै गरी सर्लाहीवाट आउनु भएका कमरेड लक्ष्मण पौडेल वारामा भूमीगत ढंगले काम गरीरहनु भएको थियो । हाम्रो पुरै टिम दिनभरी जनतामा जान्थ्यौ । गाउका गरिव जनताका कुरा खोतली खोतली सुन्थ्यौ । जनता विचमा उनीहरूले उठाएका सवालहरूमै छलफल गर्थ्यौ । आरामले सम्झाई वुझाई गर्थ्यौ । साझ एक ठाउमा जम्मा भएर समिक्षा गर्थ्यौ । त्यसकै आधारमा फेरी भोलीको योजना बनाउथ्यौ ।
जनताका विचमा हामीलाई डरलाग्दो कम्युनिष्टको रूपमा प्रचार गरिएको थियो । खासगरी भारतमा व्यक्ती हत्या गरेर ख्याती कमाएको नक्सलवादी पार्टी जस्तो गरी जनतालाई भ्रमित गरीएको थियो । नेकपा माले नक्सलवादी पार्टी हो । यिनीहरू नक्सलाइट हुन, जातपात मान्दैनन । धर्म कर्म मान्दैनन । चेली वेटी भन्दैनन । यस्तै यस्तै कुरा उठ्थ्यो ठाउ ठाउमा । हामी भ्रम चिर्दै, शंका निवारण गर्दै जनतालाई यथार्थ वताउदै अघि वढि रह्यौं । जनतामा नया आशा र नयाँ क्रान्ती को विऊ रोप्दै हिडी रह्यौ । अगाडी वढि रह्यौ । हाम्रो मुल काम जनमत वनाउने थियो । जनताका विचमा सम्पर्क र सम्वन्ध वढाउने थियो । त्यो काम हामी वडो मज्जाले गरी रहेका थियौ ।
हाम्रो भोट माग्ने शैली पनी फरक खालको थियो । हामी जनता संग विकाशका नक्कली कुरा होईन । सामाजीक परिवर्तनको नया आभाश दिलाएर समर्थन लीने प्रयाश गरीरहेका थियौ । पंचायती शोषणको पर्दाफास गर्थ्यौ । जनतालाई आफ्नो भावी आन्दोलनको साथी वनाई रहेका थियौ । संग संगै जनताको मत पनी लीने प्रयास गरीरहेका थियौ । यसले हामीहरूलाई सकारात्मक अनुभव भैरहेको थियो । हामी सागुरो घेरालाई तोड्दै पुरै जील्ला भरी पुग्न सफल भैरहेका थियौ ।
हामी वास्तवमा निर्वाचनमा जानु पहिले निजगढ, कोल्हवी, सपही, विसुनपूर्वा, पडरी, खोपवा, उमजन, पर्सौना, रामपुर, सिहोरवा, डुमरवाना, परवानीपुर, वन्जरीया, कलैया सहित थोरै गाविस र नगरहरूमा मात्र पार्टी संगठन र सम्पर्क सुत्र थिए । जनपक्षिय अभीयान मार्फत हामीले जील्लाका ९८ गाविसमा पुगेर आफ्नो विचार राख्न सफल भयौ । जील्ला भरी कार्यक्रम गरेर आफ्नो पक्षमा जनमत वनाउन सफल भयौ । अरूको तुलनामा सभ्य र वैचारिक ढंगले प्रचारमा हावी हुन पनी सफल भयौ । हाम्रो उपस्थीतिले सम्पूर्ण पंचायती खेमा, सरकार र सरकारी संयन्त्रको सातो गयो । हाम्रो योजना वढी से बढि निर्वाचन परिणामलाई प्रभावीत गर्ने थियो । सकभर हाम्रो पक्षमा ल्याउने नसके सरकारी उम्मेदवारलाई परास्त गर्ने सोच थियो । हाम्रो पक्षमा पलिणाम आईहाल्छ भन्ने अली थिएन । तर पनी पूर्ण आशावादी थियौ । हामी एक रत्ती पनी निराश थिएनौ । हामी यो अभियानमा वनाएको जनमतले परिवर्तनको अर्को अभियान संचालन गर्ने र अझ ठुलो हस्तक्षेप गर्ने तयारी गरिरहेका थियौ ।
त्यसैले हामी खास मिसनमा थियौ । यसो भएको हुनाले हामीलाई निर्वाचनमा प्राप्त हुने परिणाम भन्दा जनतावाट प्राप्त हुने माया, प्रेम र समर्थन वढि मुल्यवान थियो । त्यो मुल्यवान जनमत हामीलाई प्रचुर मात्रामा प्राप्त भैरहेको थियो । फेरी पनी हामी सरकारी उम्मेदवार रामानन्द यादव लाई परास्त गर्न चाही सफल भयौ । यो सफलताले वारामा नेकपा मालेको शक्ति स्थापीत भयो र जनताको विचमा जनपक्षिय शक्तीको रूपमा हाम्रो पार्टी स्थापीत भयौ ।
यो महत्वपूर्ण उपलव्धी त्यसै प्राप्त भएको थिएन र होईन पनी । वारा जील्लाका तमाम परिवर्तनका पक्षधर शोशित पिडीत किसान मजदुरहरूमा हामीले जगाएको आशाको परिमाण थियो । वारा जील्लाका आम शिक्षक, कर्मचारी र वुद्धिजीवी हरूमा हामीले स्थापीत गरेको विश्वासको परिणाम थियो । आम युवा विद्यार्थीहरू आन्दोलनका अग्रज र अनुयायीहरुमा हामीले जगाएको भरोसाको परिणाम थियो । समाजका विभीन्न उत्पीडित वर्ग र दलीत समुदायलाई हामीले संगठित गरेको परिणाम नै हाम्रो उत्साहजनक जनमत थियो । यसैले हामी पनी उत्साहीत थियौ र आगामी दिनमा अरू जनता विच जाने र जनताको सेवामा समर्पित भएर अघि वढ्ने प्रणसहित अघि वढिरहेका थियौ ।
हामीमा थोरै पनी हतासा र हारको अनुभूती भएन । किनकी हामीलाई थाहा थियो । रात पछि दिन आऊछ । हारपछि नै जीतको मज्जा लीन पाईन्छ । सुदुर भविष्यको आशामा दृढ संकल्प सहित अघि वढेका हामीले जनपक्षिय उम्मेदवारको प्रचारमा ठुलो मेहनत गरेका थियौ । हामी सम्पूर्ण रूपले आफ्नै श्रम शक्तिमा काम गरिरहेका थियौ । हामी आफै माईकको व्याट्री हर्न र सवै सामाग्री काधमा वोकेर हिडी रहेका थियो । हामी हरेक गाऊमा वसेर आफै कार्यक्रम संचालन गर्थ्यौ । पालै पालो भाषण गर्थ्यौ । हामी जुन जुन गाऊमा जान्थ्यौ । त्यो गाउमा जे जे पाउथ्यौ त्यही खान्थ्यौ । कतीपय ठाउमा पूर्व निर्धारीत कार्यक्रम हुन्थो । कतीपय गाउमा जो हात सो साथ हुन्थ्यो । एवम् रितले जनपक्षिय आवाज र विचार सहित पहिलो पटक पार्टीको तर्फवाट वारा जील्लाका सवै गाऊ पंचायत र टोलहरू आरामले घुमियो ।
यो अभियानमा सलीम अंसारी, छवीलाल उप्रेती, रामविलास चौरसिया, कृष्ण दहाल, राधेश्याम शिवाकोटी, अच्युत मैनाली , श्रीप्रसाद पासवान, रामपाल यादव, आशाकाजी श्रेष्ठ सहित कमरेडहरूको मुख्य प्रचार टिम थियो । जो सम्पूर्ण रूपले प्रचार प्रसार कार्यमा संलग्न रह्यो । यसैगरी पलटप्रसाद चौधरी, अशेश्वर कुर्मी, शिवचन चौधरी, शुशिल मुडवरी, शुसील कर्ण, सत्यनारायण सिंह, रविनदास श्रष्ठ, विनय श्रेष्ठ, विश्रवनाथ सहित पेशामा संलग्न साथीहरू पनि अभियानको महत्वपूर्ण हिस्सा हुनुभयो । कमरेड यादव उपाध्याय कमरेड लक्ष्मण पौडेल, कमरेड पिताम्वर शर्मा, कमरेड गौरीशंकर गोढ, क. मधु अधिकारी लगायत अनेक वामपन्थी व्यक्तित्वहरु समेत अभियानमा कृयाशिल हुनुभयो । उक्त अभियानमा २०११ सालको किसान आन्दोलनका अगुवाहरू कमरेडहरू नन्दन अर्याल, कमरेड मोहन कोइरी, कमरेड रामनारायण साह, कमरेड सुखल यादव, क. चन्द्रिका सिह लगायतका थुप्रै सहयोगी साथीहरू रहनु भएको थियो ।
यस अभियानमा युवा, विद्यार्थी अनी किसान मजदुर क्षेत्रमा काम गरि रहनु भएका थुप्रै कमरेडहरू आ-आफ्नो ठाउमा डटेर लाग्नु भएको थियो । सवैको ध्यान एउटा कुरामा केन्द्रित थियो । सवैको मन एउटा थियो । सवै स्वार्थ रहित ढंगले मुलुक को परिवर्तनको अभियानमा आफुलाई सामेल गरीरहनु भएको थियो । देशवाट सदाका लागी सामन्तवादी शोषणको अन्त गरेर मजदुर किसानको राज्य, नयाँ जनवादी व्यवस्था स्थापना गर्ने अभियानमा सामेल हुनु भएको थियो । यही एक कारण थियो जस्ले हामी लाई जनतामा स्थापीत गराई रहेको थियो ।
हामी गाउमा जान्थ्यौ । माईकिङ गर्थ्यौ । आम जनतालाई कार्यक्रममा वोलाउथ्यौ । सम्पर्क भएका गाउमा तिनै साथीहरू आउथे । जहा सम्पर्क थिएन । हाम्रो कार्यक्रमको मञ्च अगाडी आम मानिसहरू उपस्थीत हुन डराउथे । केटाकेटी, किशोर र युवाहरू झुम्मीदै आउथे । हामी संग रमाउथे । हामी पनी उनी हरूलाई नै हाम्रो भविष्य ठानेर वडो प्रेमले कुरा गर्थ्यौ । उनि हरू मार्फत नै वुवामुमाहरूलाई कन्भीन्स गर्ने प्रयास गर्थ्यौ । यसले वच्चाहरू संग हाम्रो प्रेम वढ्थ्यो ।
हाम्रा धेरै कार्यक्रम हरूमा त मञ्च अगाडी मतदान गर्ने उमेर पुगेका व्यक्तीहरू हुदैनथे । फेरी पनी हामीलाई कुनै फरक पर्दैन थियो । हामी उत्साह साथ व्यवस्थित कार्यक्रम गर्थ्यौ । मज्जाले भाषण गर्थ्यौ र घरघरका मानीसहरूलाई सुनाउने प्रयास गर्थ्यौ । कार्यक्रम धेरै राती सम्म हुन्थे । राती पनी हामी ११\१२ वजे सम्म जनताका कुरा गरिरहेका हुन्थ्यौ ।
मानिसहरू घरमै वसेर हाम्रो कुरा आरामले सुन्थे र भोली पल्ट सुनेको प्रतिकृया दिन्थे । हामीलाई आनन्द आउथ्यो । हामी झन हौसीन्थ्यौ । यस्तै थियो हाम्रो अभियान । त्यती वेला म वल्ल २० पार गरी रहेको थिए । मेरो दारी आई सकेको पनि थिएन । च्यापुमा मात्र दारी भएकोले मैले सेभिङ गर्ने गरेको थिईन ।
म भोजपुरी भाषा मज्जाले वोल्न सक्थे । यो अभियानको " सलीम मास्टर चुनाव मैदानमे काहे " भन्ने भोजपुरी पर्चा मैले लेखेको थिए । त्यती मात्र होईन अरू पनी थुप्रै भोजपुरी हाते पर्चा र उम्मेदवार परिचय लेखेको थिए । मुलतः वारा जील्लाको तर्फवाट अघि सारीने विभीन्न लेखोटहरू पार्टीले मेरै संयोजनमा तयार गर्ने गरेको थियो ।
म पनि भोजपुरी भाषामा वोल्ने गर्थे । कतीपय मुस्लीम वस्तीहरूमा साथीहरू पहाडी मुस्लीम भनेर परिचय दिन्थे । अनी त्यसै अनुसार लय मिलाएर वोल्न लगाउथे । मलाई पनी आनन्द आउथ्यो । त्यसै गरी वान्की मिलाएर वोली दिन्थे । मुस्लिमहरुको अभिवादन " सलाम वालेकुम र वालेकुम सलाम " मैले त्यही वेलामा सिकेको हु । मलाई प्रकृतीले दिएको एउटा अनुपम सम्पत्ती हो वक्तृत्व कला । यसै कलाले मलाई त्यो अभियानमा पनी स्थापीत गरायो । त्यसै कारण आज सम्म शिर झुकाएर हिड्नु परेको छैन ।
वास्तवमा त्यतीखेरको हाम्रो जुन सकारात्मक उर्जा थियो । जुन जोश जागर र चुनौती रहित उत्साह थियो । अकंटक आशा र विश्वास थियो । अहिले सम्झदा अनौठो लाग्छ । आफैलाई नियालेर पटक पटक हेर्न मन लाग्छ । वर्तमान संग दाँज्न मनलाग्छ । अहिलेका अभियान संग संगै राखेर हेर्न मन लाग्छ । जती हेरे पनी अघाईदैन । त्यतीखेरको आफु र आफ्ना साथीहरू पनी अहिले पाउदिन । तर प्राप्त फोटोमा नियाल्छु । जती नियाले पनी मन अघाउदैन । काचो हात र कमजोर क्यामराले कैद गरेको फोटो हेरेर पनी धित मर्दैन । कास त्यती खेर नै फेसवुक भै दिएको भए कती रमाईलो हुन्थ्यो होला । कति आनन्द आउथ्यो होला ।




असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?
काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन