1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ
काठमाडौं, १९ असोज ।  गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारत हुने भएको छ । उनी असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका छन् ।

गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनेछन् ।

गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ। 

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#sudhangurung

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार