काठमाडौं, २ कात्तिक । काभ्रेको नमोबुद्धस्थित सेल्फीडाँडामा गएराति यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
इलामबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु–७ बस्ने २६ वर्षीया रिता आपागाईं र उनका छोरा ९ वर्षीय रितिक घाइते भएको छन् ।
अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार गाडीमा सवार चालकसहित तीन जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर धुलिखेल अस्पतालमा उपचारका लागि लगेको छ ।
रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनको समेत प्रयोग गरेको थियो ।










दीपावलीको मुख्य दिन आज लक्ष्मी पूजा : धन, समृद्धि र सकारात्मक ऊर्जाको कामनासहित घरघरमा दीप प्रज्वलन गरिदै
६ हजार ५०० खेलाडीको स्वागतमा कर्णाली तयार, दशौँ राष्ट्रिय खेलकुदका लागि सुरक्षा र आवास व्यवस्थापन तीव्र
१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन