1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, २० असोज । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा प्रसाईंसँग दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रसाईंले युट्युबमा खतिवडाबारे टिप्पणी गर्दै छोराको शवसँग सांसद पद साटेको भनेका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै धरौटीमा छुटेका थिए ।

दुई वर्षको अवधिमा प्रसाईलाई प्रहरीले विभिन्न कसुरमा १६ पटक पक्राउ गरे पनि अदालतले उनलाई धरौटीमा छाड्दै आएको छ । मंगलबार सर्वोच्च अदालतले प्रसाईको मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेकाले त्यहीँ सुनुवाइ गर्ने भन्दै बन्दी प्रत्येक्षीकरणको रिट निवेदनमा रिहा गर्न अस्वीकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#durgaprasai

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार