1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

जनमत पार्टीद्वारा विशेष समितिहरू र सम्पर्क व्यक्ति चयन

जनमत पार्टीद्वारा विशेष समितिहरू र सम्पर्क व्यक्ति चयन
काठमाडौं, २४ असोज । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विभिन्न विशेष समितिहरू गठन गर्नुका साथै निर्वाचन आयोग र कोष सञ्चालनका लागि सम्पर्क व्यक्तिहरू तोकेको छ। पार्टीका अध्यक्ष डा. चन्द्र कान्त (सी.के.) राउतको अध्यक्षतामा बसेको बैठकका निर्णयहरू औपचारिक पत्रमार्फत निर्वाचन आयोग, कान्तिपथलाई जानकारी गराइएको हो।
पार्टीको दोस्रो महाधिवेशन (२०८३ आश्विन १६-१७) सम्पन्न भएपश्चात् आश्विन २२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले देहाय बमोजिमका समितिहरू र जिम्मेवारीहरू चयन गरेको छ:

क) केन्द्रीय निर्वाचन समिति
• अध्यक्ष: संजय कुमार सिंह
• सदस्य सचिव: राजेश कुमार मण्डल
• सदस्यहरू: शत्रुघन किशोर सिंह, दिपिका यादव, र नजमा खातुन

ख) केन्द्रीय अनुशासन समिति
• संयोजक: ई. नरेन्द्र प्रसाद चौधरी
• सचिव: अनिता कुमारी मण्डल
• सदस्य: सत्य नारायण खङ्ग खत्वे

ग) केन्द्रीय पुनरावेदन समिति
• अध्यक्ष: संजय कुमार मिश्र
• सचिव: प्रियंका कुमारी संत
• सदस्य: वीरेन्द्र महतो

घ) केन्द्रीय विवाद समाधान समिति
• संयोजक: शिवनाथ पटेल
• सदस्य सचिव: दुष्पन्त कर्ण
• सदस्यहरू: संजय कुमार ठाकुर, संगीता यादव, र बिन्दिया कुशवाहा

ङ) केन्द्रीय लेखा समिति
• संयोजक: राजेश प्रसाद साह
• सचिव: श्याम शंकर चौरसिया
• सदस्य: रम्भा मिश्र

च) निर्वाचन आयोग सम्पर्क व्यक्ति
निर्वाचन आयोगसँगको आधिकारिक समन्वय र सम्पर्कका लागि राजेश कुमार मण्डललाई तोकिएको छ। उनको मोबाइल नम्बर ९८२९७९९२२२ र आधिकारिक इमेल janamatparty@gmail.com रहेको छ।

छ) कोष सञ्चालन सम्बन्धी आयोगसँग सम्पर्क व्यक्ति
कोष सञ्चालन सम्बन्धी मामिलामा आयोगसँग सम्पर्क गर्ने जिम्मेवारी श्रीमती अनिता देवी साहलाई दिइएको छ, जसको सम्पर्क नम्बर ९८१७६६०३६६ रहेको छ।
पार्टी अध्यक्ष डा. सी.के. राउतद्वारा हस्ताक्षरित सो पत्र आश्विन २३ गते (चलानी नं. ४६) निर्वाचन आयोगमा दर्ता गराइएको छ र पत्रका साथमा आश्विन २२ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको आधिकारिक माइन्युट समेत संलग्न राखिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Janmatparty #ckraut

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार