नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए ।
महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिएका छन् ।
छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसहभागी भएका छन् । बन्द सत्रको तेस्रो दिनको छलफल भोलि बिहान साढे १० बजे पुनः सञ्चालन हुनेछ । भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।










भारत भ्रमणमा ‘ग्रेटर नक्सा’ र ‘चुच्चे नक्सा’को मुद्दा उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई विकेश साहको सुझाव
एमालेको राष्ट्रिय भेलाबाट बालेन सरकारविरुद्ध आन्दोलनको चेतावनी
हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा तनाव, ढाकासहित सात जिल्लामा सुरक्षा सतर्कता
प्रधानमन्त्री वालेनसँग ठागा दासको प्रश्न `सोनरनिया दलित बस्ती निर्माण कार्य किन रोकियो ?´
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन