1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

खगेन्द्र सुनारमाथि कडा कारबाही गर्न आम महिला मोर्चाको माग

२९६पाठक संख्या
०वास्तविक शेयर
२८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

खगेन्द्र सुनारमाथि कडा कारबाही गर्न आम महिला मोर्चाको माग

काठमाडौं, २७ असोज । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाकी अध्यक्ष रञ्जु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीमाथि कडा कानुनी कारबाहीको माग गरेकी छन् ।

साहले सुनारको अभिव्यक्ति आम महिलाकै अपमान भएको टिप्पणी गर्दै उनको सोचको निन्दा गरेकी छन् । उनले सुनारलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरेकी हुन् ।

महिलालाई अश्लील गाली र धम्की दिइएको भनिएको अडियो प्रकरण सार्वजनिक भएपछि रास्वपाले विज्ञप्ति जारी गरेर कारबाही गर्ने बताउनु जनतालाई भुलाउने प्रयास भएको साहको आरोप छ । पार्टीले विज्ञप्ति जारी गरेर मात्रै नहुने भन्दै उनले तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् ।

‘खगेन्द्र सुनारको अभिव्यक्ति आम महिलामाथिकै अपमान हो । उनीमाथि कडा भन्दा कडा कारबाही हुनुपर्छ । उनको यो सोच जति निन्दा गरे पनि कम हुन्छ’, साहले भनेकी छन् ।

उनले अडियो प्रकरणमा पीडित महिला र बच्चाको सुरक्षा सुनिश्चित गर्न पनि सम्बन्धित निकायसँग माग गरेकी छन् । पीडित महिला र बच्चालाई सम्भावित धम्की, दबाब तथा दुर्व्यवहारबाट जोगाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । साथै, पीडितको पहिचान र गोपनीयता सुरक्षित राख्दै उनीहरूलाई न्याय प्राप्तिका लागि आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएकी छन् ।

साहले ‘जान्नेलाई छान्ने’ नारामाथि पनि प्रश्न उठाएकी छन् । रास्वपा र बालेन शाह नेतृत्वको सरकारले वर्तमान संकटको निकास दिन नसक्ने दाबी गर्दै उनले फागुन २१ को निर्वाचनमा जनताले गरेको निर्णयको परिणाम विस्तारै देखिन थालेको टिप्पणी गरेकी छन् ।

सुनारलाई एउटा पात्रका रूपमा उल्लेख गर्दै साहले यस्तो प्रवृत्ति भविष्यमा पनि दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छन् । उनले अडियो प्रकरणलाई गम्भीर रूपमा लिएर घटनाको निष्पक्ष छानबिन गर्न, दोषी देखिएकामाथि कानुनअनुसार तत्काल कारबाही अघि बढाउन तथा पीडित महिला र बच्चाको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १९७ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।