1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

तीन तहकै समन्वयमा विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको छ: प्रधानमन्त्री शाह

तीन तहकै समन्वयमा विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको छ: प्रधानमन्त्री शाह
काठमाडौं, १९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका छन्।

गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता रहेको उक्त बैठकमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै उपलब्ध स्रोत–साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गरिने भएकाले ढुक्क हुन भनेका छन् ।

यसैगरी, भोटेकोशी–त्रिशूली, गण्डकीसँगै अन्य क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिको अध्ययनसहित व्यवस्थापनमा सरकार जुटिरहेको प्रधानमन्त्रीले बताए । विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुका साथै हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिरहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यान जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Balenshah #balen

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार