काठमाडौं, २२ असोज । दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो ।
आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो ।
नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र थिएनन्, फिल्म निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय रहे । भारतीय सिनेमाका प्रभावशाली अभिनेतामध्ये गनिने नाना पाटेकरले आफ्नो फरक अभिनय शैली र संवाद प्रस्तुतिका कारण छुट्टै स्थान बनाए ।
नाना पाटेकरले सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै फिल्ममा काम गरे । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’मा उनको कामले प्रशंसा पायो ।
त्यसपछि सन् १९८९ को ‘परिन्दा’ उनको करियरको महत्वपूर्ण मोड बन्यो । फिल्ममा उनले निर्वाह गरेको ग्याङ्स्टरको भूमिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर अवार्ड जिते ।
नाना पाटेकरले आफ्नो लामो करियरमा अनेक प्रकारका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित फिल्म हुन् ।
गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका उनले हास्य तथा व्यावसायिक फिल्ममा पनि उत्तिकै प्रभाव छाडे । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको अर्को पक्ष दर्शकमाझ लोकप्रिय बनायो ।
नाना पाटेकर पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर फिल्म ओ’रोमियोमा देखिएका थिए । यस फिल्ममा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए । सन् २०२६ को फेब्रुअरीमा रिलिज भएको यस फिल्ममा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निभाएका थिए ।




राइड सेयरिङ चालकका लागि ‘वन स्टप’ सेवा : गङ्गबुमा खुल्यो राइड केयर नेपाल
कांग्रेसको फुट–जुट इतिहास : तीन ठूला विभाजन, दुईपटक पुनःएकीकरण
फुट्दै–जुट्दै ८ दशकको कांग्रेस : स्थापनादेखि शेरबहादुर देउवा– गगन थापा विवादसम्म
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा, के खोज्दैछ अनुसन्धान टोली ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन