नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ ओटा समिति गठन गरेको छ ।
सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ । समितिमा विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन् । सदस्य सचिवमा प्रताप पौडेल छन् ।
आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठ, सूचना–सञ्चार तथा प्रविधि समितिमा देवराज चालिसे, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणा र अतिथि स्वागत समितिमा डा. डिला संग्रौला पन्तलाई संयोजक तोकिएको छ ।
महाधिवेशन समारोह स्थल व्यवस्थापनमा काठमाडौं जिल्ला सभापति, प्रदेश तथा स्थानीय तहगत समन्वयमा बहादुरसिंह लामा, जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा गणेश लामालाई संयोजक बनाइएको छ ।
भोजन व्यवस्थापनमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर र सांस्कृतिक–साहित्यिक संयोजनमा सीता गुरुङ संयोजक छन् ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन समितिहरू गठन गरिएको उल्लेख छ ।



कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा
बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्री
गायिका रियाद्वारा ‘युके शहर’ सार्वजनिक
ओली, प्रचण्ड र रविलाई एउटै मञ्चमा उभ्याउने गगनको यस्तो छ तयारी
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन