काठमाडौं, २२ असोज । काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै ‘राइड केयर नेपाल’ सञ्चालनमा आएको छ। टोखा नगरपालिका–९ वडा कार्यालयसँगै स्थापना गरिएको राइड केयर नेपालको उद्घाटन २०८३ असोज २१ गते गरिएको हो।
राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकलाई आवश्यक सेवा, सुविधा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राइड केयर नेपाल सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्। पठाओ, इन्ड्राइभर, याङ्गगो, उबर लगायतका राइड सेयरिङ प्लेटफर्ममा आबद्ध चालकलाई प्राथमिकता दिँदै विभिन्न सेवा तथा सुविधाहरू उपलब्ध गराउने तयारी गरिएको छ।
राइड केयर नेपालमा बाइक सर्भिसिङमा विशेष सुविधा, पार्टपुर्जामा छुट तथा एमआरपीमा विशेष छुट उपलब्ध गराइने जनाइएको छ। दसैँलाई लक्षित गर्दै विशेष अफरसमेत सञ्चालन गरिएको छ। जसअनुसार फुल सर्भिस गराउने ग्राहकलाई निःशुल्क थकाली खाना उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालकहरूको भनाइ छ।
त्यस्तै, बाइकको मर्मतसम्भारका लागि फाइनान्सिङ सुविधा, रिकन्डिसन बाइकको कारोबार, बाइक रेन्टल, रेस्टुरेन्ट तथा सैलुन सेवा सञ्चालन गर्ने योजना रहेको राइड केयर नेपालले जनाएको छ। ग्राहक तथा राइडरलाई लक्षित गर्दै विभिन्न कार्यक्रम तथा इभेन्टसमेत आयोजना गरिने बताइएको छ।
राइड केयर नेपालले आफ्नै ५० वटा बाइक सञ्चालनमा ल्याएर राइड सेयरिङ सेवा प्रदान गर्ने तयारी समेत गरेको छ। यसबाट राइडर तथा यात्रुलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन्।
राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकका लागि एउटै स्थानबाट सर्भिसिङदेखि अन्य आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको राइड केयर नेपालले आगामी दिनमा सेवा विस्तार गर्ने जनाएको छ।
राइड केयर नेपालका सञ्चालकहरूमा श्रीराम थपलिया, रुपक कुँवर र मनिष कुँवर रहेका छन्।











नरेन्द्र मोदी र वालेन्द्र शाहले उद्घाटन गर्न लागेको रेलको रोचक संयोग : १६ वर्षअघि नै थियो बर्दिबाससम्म विस्तार गर्ने सम्झौता
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यका विषयमा छलफल
भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिए
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन