काठमाडौं, २३ असोज । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ ।
प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधिवारे गोप्य सुरक्षा सूचना चुहाएको आरोप खेपिरहेका दाहालमाथि सेवाबाट बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ।
छानबिनको नेतृत्वकर्ता अर्का एआईजी अञ्जनीकुमार पोखरेलले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा एआईजी दाहालले आचरण विपरीतको कार्य गरेको निष्कर्षसहित सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।
नियमावलीको दफा ११० मा सजायसम्बन्धी व्यवस्था छ । त्यसको (क) मा सामान्यस सजाय राखिएको छ भने (ख) मा विशेष सजायको प्रावधान छ । विशेष सजायमा भविष्यमा सहकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भनिएको छ ।
त्यसक्रममा निलम्बित एआईजी दाहालको बयानसमेत समावेश गरिएको छ । उनलाई विचौलिया इनम सापकोटासँग नियमित रुपको सम्पर्कवारे सोधिएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्धवारे समेत सोधिएको छ । जवाफमा दाहालले सापकोटासँग पूर्वचिनजान भएको र कुराकानी हुने गरेको स्वीकार गरे पनि आचरणविपरीतको कुनै कार्य नगरेको जिकिर गरेका छन् ।











नरेन्द्र मोदी र वालेन्द्र शाहले उद्घाटन गर्न लागेको रेलको रोचक संयोग : १६ वर्षअघि नै थियो बर्दिबाससम्म विस्तार गर्ने सम्झौता
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यका विषयमा छलफल
भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिए
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन