काठमाडौं, २१ असोज । नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ।
सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएसँगै संस्थानले सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गर्नेछ। सम्झौताअनुसार वार्षिक रूपमा ३७ लाख ४१ हजार ५०६ लिटर दूध आपूर्ति हुनेछ।
दूधसँगै डीडीसीले सेनालाई ठूलो परिमाणमा अन्य दुग्धजन्य पदार्थसमेत उपलब्ध गराउनेछ। दैनिक ३६५ किलो दही आपूर्ति गर्ने सम्झौता भएको छ। यसअनुसार वार्षिक एक लाख ३३ हजार ५२२ किलो दही सेनाले डीडीसीबाट खरिद गर्नेछ।
त्यस्तै, दैनिक ३७ किलो पनिर, २१ किलो होल मिल्क पाउडर र १५ किलो चिज आपूर्ति गर्ने सम्झौता भएको छ। वार्षिक रूपमा १३ हजार २४० किलो पनिर, सात हजार ४४१ किलो होल मिल्क पाउडर र पाँच हजार २७८ किलो चिज आपूर्ति गर्ने सम्झौतामा उल्लेख छ।
सम्झौता पत्रमा नेपाली सेनाका तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानका तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै सेनाका ३२ जिल्लास्थित ब्यारेकमा आवश्यक दूध तथा दुग्धजन्य पदार्थको नियमित आपूर्ति डीडीसीमार्फत हुने भएको छ।











नरेन्द्र मोदी र वालेन्द्र शाहले उद्घाटन गर्न लागेको रेलको रोचक संयोग : १६ वर्षअघि नै थियो बर्दिबाससम्म विस्तार गर्ने सम्झौता
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यका विषयमा छलफल
भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिए
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन