समाचार खोज्नुहोस्
“nepalicongress #gaganthapa #sherbahadurdeuwa #कांग्रेस_ १५औं_महाधिवेशन” लागि 17 समाचार भेटिए।
पदाधिकारीमा प्रदीप पौडेलको सर्वाधिक मत, चन्द्रकान्त र विनोद चौधरीसहित ६ प्रभावशाली नेता विजयी (नतिजासहित)

मुख्य पदको मतपरिणाम सार्वजनिक, सहमहामन्त्रीको गणना जारी
सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ भने अहिले सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदको मतगणना जारी छ ।

सभापतिमा निर्वाचित गगनलाई विश्वप्रकाशले भने– ‘लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना !’
विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।

कांग्रेसमा गगन युगको सुरुवात, ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका छन्। सभापति पदको निर्वाचनमा उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गर्दै पार्टीको नेतृत्व आफ्नो हातमा लिएका हुन्।

मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् । प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन् । एक प्रतिनिधिले विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको फुट–जुट इतिहास : तीन ठूला विभाजन, दुईपटक पुनःएकीकरण
नेपाली कांग्रेसको इतिहास केवल राजनीतिक आन्दोलन र सत्ताको यात्रामात्र होइन, आन्तरिक विवाद, विभाजन र पुनःएकीकरणको इतिहास पनि हो। २००६ सालमा दुई राजनीतिक संगठनको एकीकरणबाट जन्मिएको कांग्रेसले आफ्नो इतिहासमा तीन ठूला विभाजन व्यहोरेको छ।

फुट्दै–जुट्दै ८ दशकको कांग्रेस : स्थापनादेखि शेरबहादुर देउवा– गगन थापा विवादसम्म
नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी स्थापनादेखि नै नेतृत्व, सरकार सञ्चालन, राजनीतिक कार्यदिशा र संगठन सञ्चालनका विषयमा विवाद हुँदै आएका छन्। यी विवादमध्ये केही सामान्य गुटगत संघर्षमा सीमित भए भने केहीले पार्टीलाई औपचारिक विभाजनसम्म पुर्याए।

कांग्रेस महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्त, दुई पदमा निर्विरोध

कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्साकाे उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?
उद्घाटन भएको महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी तीव्र बनेको छ । एकातिर काठमाडौंको खुलामञ्चमा बन्दसत्र जारी छ भने अर्कोतर्फ राष्ट्रिय सभागृहमा उम्मेदवारहरू मनोनयन दर्ता गराउन व्यस्त छन् ।

कांग्रेस महाधिवेशनमा उम्मेदवारी घोषणा गर्ने लहर, झण्डै ८ सय उम्मेदवार हुने, कुन पदमा को–को भिड्दैछन् ?
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ।

काँग्रेसमा अब १५ सहमहामन्त्री, ९ समावेशी क्लस्टरबाट, ४ सभापतिले मनोनीत गर्ने !
काँग्रेसले पार्टीको केन्द्रीय नेतृत्व संरचनामा परिवर्तन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्याउने भएको छ। विधान संशोधनमार्फत नौ जना समावेशी क्लस्टरबाट, दुई जना खुला प्रतिस्पर्धाबाट र चार जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको हो।

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो ।

कांग्रेस महाधिवेशनमा बढ्दो तनाव : कतै कुटाकुट, कतै तालाबन्दी, कतै मतदान नै स्थगित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहदेखि क्षेत्रीय अधिवेशनसम्म मतदान, प्रतिनिधि छनोट र क्रियाशील सदस्यताको विवादले तनाव बढाएको देखिन्छ। विशेषगरी मोरङ–६ मा कुटाकुट, स्याङ्जा–२ मा मतदान स्थगित भएर पुनः मतदानको निर्देशन, सिन्धुपाल्चोक–२ मा अधिवेशन स्थगन तथा दैलेख–२ मा तालाबन्दीजस्ता घटना सार्वजनिक भएका छन्।

पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेलाई कांग्रेसले कारवाही गर्ने
कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हितविपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ

कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो
कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।






