1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : ओली

आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : ओली
काठमाडौं, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन्। उनले ठूला र शक्तिशाली पक्षबाट बलजफ्ती गरिए त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले आगामी चुनौतीहरूको सामना गर्दै अघि बढ्नुपर्ने बताएका हुन्।

उनले लोकतन्त्र र राष्ट्रिय स्वाधीनता कमजोर बनाइएको दाबी गर्दै ती उपलब्धिको पुनःस्थापना आवश्यक रहेको बताए। बल प्रयोग गरेर दमन गरिए त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रनुपर्ने उनको भनाइ थियो।

‘लोकतन्त्र मासिएको छ । स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ । यी चिजको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो,’ ओलीले भने, ‘बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौँ।’

निहत्था नागरिकलाई हतियार र संगठित शक्तिको प्रयोग गरेर दबाउन खोजिए जनताले त्यसको प्रतिवाद गर्नुपर्ने पनि उनले बताए। उनका अनुसार आन्दोलनको अर्थ हिंसा, आगजनी र लुटपाट नभई अन्याय तथा बलजफ्तीविरुद्ध आवाज उठाउनु हो।

‘आगो लगाउनु, लुटपाट गर्नु आन्दोलन होइन,’ ओलीले भने, ‘ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नु नै आन्दोलन हो।’

आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुन सक्ने ओलीले बताएका छन्। विगतका निर्वाचन र राजनीतिक घटनाक्रमको प्रसङ्ग उल्लेख गर्दै उनले आफ्नो पार्टीविरुद्ध यसअघि पनि घेराबन्दी भएको दाबी गरे।

‘यस निर्वाचनमा हामीविरुद्धको घेराबन्दी सकिएको छैन, घेराबन्दी चालु छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#cpnuml #uml #kpsharmaoli

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार