1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

४८६पाठक संख्या
३वास्तविक शेयर
५०एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ४ views
समाचार सुन्नुहोस्

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

रौतहट, १० मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्।

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

रौतहटको मौलापुर नगरपालिका–गम्हरियामा नवनिर्मित आधुनिक विद्यालय भवनको आज (बुधबार) उद्घाटन गर्दै अध्यक्ष साहले कृषि मन्त्रीले किसानका आधारभूत समस्या समेत समाधान गर्न नसकेको आरोप लगाउँदै नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

‘कृषकलाई समयमा मलखाद उपलब्ध गराउन नसक्ने मन्त्री पदमा बसिरहनुको औचित्य के छ ? के किसानलाई मलखाद दिन पनि ३५ वर्ष कुर्नुपर्ने हो ?’ प्रश्न गर्दै साहले कृषि क्षेत्रको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

उनले अहिलेको युग कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिको युग भएकाले परम्परागत तथा निर्वाहमुखी कृषिबाट माथि उठेर प्रविधिमैत्री र व्यावसायिक कृषि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। किसानलाई समयमै मल, उन्नत बीउ, सिँचाइ, आधुनिक कृषि उपकरण र बजारको व्यवस्था गर्न सके मात्रै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि हुने उनको भनाइ थियो।

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

साहले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन सरकारले किसानमुखी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए। कृषि उत्पादन बढाउने कुरा भाषणमा मात्र सीमित नराखी किसानले खेतमा काम गर्ने समयमा आवश्यक सामग्री उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उनले उल्लेख गरे।

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

विद्यालय भवन उद्घाटनका क्रममा साहले शिक्षालाई समाज र राष्ट्रको विकासको मुख्य आधारका रूपमा व्याख्या गरे। गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र प्रविधिमा आधारित सिकाइले मात्रै प्रतिस्पर्धी तथा सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बताए । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी विज्ञान, प्रविधि, सीप र व्यावहारिक शिक्षासँग जोड्नुपर्ने उनले बताए।

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

यसैबीच, मौलापुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अघि बढाएका पूर्वाधार तथा सेवा विस्तारका प्रयासको साहले प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। विद्यालय भवन निर्माणजस्ता कामले स्थानीय बालबालिकाको अध्ययन वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उनले शिक्षा र स्वास्थ्यलाई नगर विकासको प्राथमिकतामा राख्नुपर्ने बताए।

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

स्थानीय तहले विद्यालय तथा स्वास्थ्य संस्थाको पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार र नागरिकको पहुँच विस्तारमा निरन्तर ध्यान दिएको बताए । 

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

नवनिर्मित विद्यालय भवन सञ्चालनमा आएपछि स्थानीय विद्यार्थीले थप व्यवस्थित र अनुकूल वातावरणमा अध्ययन गर्ने अपेक्षा गरिएको छ।

मौलापुर नगरपालिकाले आफ्नो कुल बजेटको ४० प्रतिशत भन्दा बढी बजेट शिक्षा क्षेत्रमा लगाउदै आएको छ ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 २४८ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।