1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

चाडबाडमा नेपाल टेलिकमको बम्पर अफर

चाडबाडमा नेपाल टेलिकमको बम्पर अफर
काठमाडौं, २६ असोज । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठपर्वका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत तीव्र गतिको इन्टरनेट (एफटीटीएच) जडानमा आकर्षक छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि सहुलियत दरका डेटा, भ्वाइस र एसएमएस प्याकेजहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

टेलिकमले सार्वजनिक गरेका मुख्य–मुख्य अफरहरू यस प्रकार छन्:
एफटीटीएच (इन्टरनेट) अफर : जडान शुल्क मिनाहा र बोनस
निःशुल्क जडान: असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकको ५ सय रुपैयाँ जडान शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ।

१३ महिनाको प्याकेज: १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई १ महिना थप गरी कुल १३ महिनाको इन्टरनेट सुविधा दिइनेछ। यससँगै प्राप्त हुने बोनस मोबाइल डेटा पनि १३ महिनासम्म नै उपभोग गर्न सकिनेछ।

सेट-टप बक्समा छुट: भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकले यसअघिदेखि नै १ हजार रुपैयाँ छुट पाउँदै आएका छन्।

जीएसएम मोबाइल सेवा : अनलिमिटेड डेटा र सस्तो कल
मोबाइल प्रयोगकर्ताका लागि ३० दिन समयावधि रहने गरी निम्न प्याकेजहरू ल्याइएको छ:

फेस्टिभल अनलिमिटेड डेटा (रू. ४९९): यसमा दैनिक ५ जीबी डेटा पाइनेछ। दैनिक कोटा सकिएपछि पनि २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ।

फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा (रू. ६९९): यसमा दैनिक १० जीबी डेटा पाइनेछ। तोकिएको कोटा सकिएपछि ३ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड इन्टरनेट चलाउन सकिनेछ।

जोयफुल मिनेट्स (भ्वाइस प्याक - रू. २५०): नेपालका जुनसुकै नेटवर्कमा कुरा गर्न सकिने (अल-नेट) १ हजार मिनेट टक-टाइम।

फेस्टिभ म्यासेज प्याक (रू. ९९): नेपाल टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने (अन-नेट) १ हजार एसएमएस।

कसरी लिने सुविधा?
मोबाइल प्याकेजहरू आगामी असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत सहजै यी प्याकेजहरू सुचारु गर्न सक्नेछन्।
चाडपर्वका बेला आफन्त र परिवारजनसँग निरन्तर सम्पर्कमा रहन र खुसी साटासाट गर्न यी सहुलियतपूर्ण प्याकेजहरू निकै उपयोगी हुने विश्वास टेलिकमले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
#Nepaltelecom

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।

सम्बन्धित समाचार