1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

छठ पर्वलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसंग प्रभु साहको माग

३३०पाठक संख्या
०वास्तविक शेयर
३२एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि १० views
समाचार सुन्नुहोस्

छठ पर्वलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसंग प्रभु साहको माग

काठमाडौं, २९ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय पर्वको रूपमा सिमित गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । साहले वैज्ञानिक महत्व बोकेको यस महान पर्वलाई युनेस्कोको इन्टाजिवल कल्चरल हेरिटेज लिष्टमा समावेश गर्न पहल गर्नुपर्नेमा अहिले नयाँ भनिएकाहरू उल्टै यस पर्वलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित गराउन उद्धत रहेको आरोप लगाए । 

चार दिनसम्म मनाईने यस पर्वमा अहिलेको सरकारले जम्मा दुई दिनमात्रै सार्वजनिक बिदा दिएर सञ्जालमा ठूलो काम गर्यौं भनेर ढोल पिटेकोमा पनि साहले आपत्ति जनाए । उनले चार दिनसम्म मनाउने पर्वमा चारै दिन बिदा दिनुपर्नेमा त्यसा नगरिएकोमा गुनासो पोखे ।

छठ पर्व मधेशमा मात्रै नभएर सिंगो देश र विदेशको कुना कुनासम्म फैलिएको उल्लेख गर्दै साहले अहिले काठमाडौंबाट केही नेताहरुको लावालस्कर मधेश झरेर यसलाई क्षेत्रीय पर्वको रुपमा सिमित गराउन खोजेको आशंका व्यक्त गरे । उनले छठ पर्वको प्रभावलाई अझै प्रभावशाली बनाउनुको साथै विश्वव्यापी विस्तार गरिनुपर्ने उल्लेख गरे । उनले भने–“यो पर्वलाई संकुचित गरिनु हुँदैन, यसलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गरिनुपर्छ ।”

सो क्रममा उनले सूर्य उपासनाको महापर्व छठ पूजाको पावन अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरेका छन् । उनले भनेका छन्“लोक आस्थाको यस पवित्र अनुष्ठानमा सूर्यदेव तथा छठी माताको आराधनामा समर्पित सम्पूर्ण व्रतालुहरूप्रति हार्दिक नमन ! छठी माताको असीम कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो छाओस् । समाजमा प्रेम, सद्भाव र एकताको भावना अझ प्रगाढ बनोस् । यही हार्दिक मङ्गलकामना !”

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 २१४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।