1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने

३४८पाठक संख्या
१वास्तविक शेयर
३४एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि २ views
समाचार सुन्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं, २५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।

देशमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै यस वर्षको बडादसैँ पर्वमा टीका तथा जमरा लगाउने कार्यक्रम नराखिएको जानकारी गराइएको छ।

निर्मल निवासस्थित सम्वाद सचिवालयले जारी गरेको सूचनामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित भएको, सयौँको दुःखद निधन भएको तथा ठूलो जनधनको अपूरणीय क्षति भएको अवस्थाप्रति दुःख व्यक्त गरिएको उल्लेख छ।

विपत्तिको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्ण रूपमा मनाउने निर्णय भएको सूचनामा जनाइएको छ।

वान समाचार
यस समाचारका रिपोर्टर

वान समाचार

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 २४८ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।