विराटनगर , २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा ‘रक्सी र मासु’को विषयलाई लिएर विवाद भएको घटना सामजिक सन्जालमा छताछुल्ल भएको छ ।
झापाको दमक नगरपालिका–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विश्वमोहन थापाले नेतृत्व चयनका क्रममा ‘रक्सी र मासु’को प्रभाव पर्न नहुने आशयको अभिव्यक्ति दिएपछि कार्यकर्ता मदन मगरले आपत्ति जनाएका थिए।
थापाको अभिव्यक्तिले आफूहरूको भावनामा ठेस पुगेको भन्दै मगरले आपत्ति जनाएपछि केहीबेर अधिवेशनस्थलमा भनाभनको अवस्था सिर्जना भएको थियो। विवाद बढेपछि थापाले आफ्नो अभिव्यक्तिप्रति माफी मागेपछि वातावरण सामान्य बनेको र अधिवेशनको प्रक्रिया पुन: अघि बढाइएको जनाइएको छ।
यस क्रममा केही समय अधिवेशनस्थलको माहोल तनावपूर्ण बने पनि सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो।
राप्रपा कोशी प्रदेश अध्यक्षका लागि रामकुमार थापा, दुर्गा बस्नेत र विश्वमोहन थापाबीच प्रतिस्पर्धा भएको थियो। प्रकाशित नतिजाअनुसार रामकुमार थापा २७० मतसहित अध्यक्षमा निर्वाचित भएका छन् भने दुर्गा बस्नेतले २३९ र विश्वमोहन थापाले ४० मत प्राप्त गरेका छन्।
यसैबीच,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा निर्वाचित भएका छन् ।
झापाको दमकमा सम्पन्न अधिवेशनमा तीनजना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा थापाले दुई सय ७० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी दुर्गा बस्नेतले दुई सय ३९ तथा अर्का उम्मेदवार विश्वमोहन थापाले ४० मत प्राप्त गरे ।











प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, द्विपक्षीय सहकार्यका विषयमा छलफल
भारत भ्रमणमा बालेनको नयाँ शैली : कूटनीतिक परम्परा तोडे, राष्ट्रिय सहमतिको अभ्यासमाथि प्रश्न
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिए
प्रधानमन्त्री वालेन्द्र शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, सोमबार नरेन्द्र मोदीसँग भेटवार्ता
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन